काठमाडौं, वैधानिकरुपमा नै सत्ता कब्जा गरेर बसेका एकिकृत नेकपा माओवादी र मधेशी मोर्चा विपक्षी गठबन्धनको जतिसुकै कडा आलोचना सुन्नु परे पनि तत्काल सरकार छा्डने मनस्थितिमा छैनन् । खासगरी जातिय झगडाको बिऊ रोपेर सर्वनाम भएको संविधानसभा पछि संविधान निर्माणका लागि त्यही झगडाको बिऊको पुनस्र्थापना या संसदीय निर्वाचन भन्ने अलमलमै राजनीतिक दलहरु अल्झिएपछि लामो समयसम्म मुलुकको राजनीित दिशाहीन गन्तव्यमा लम्किरहेको छ देश र जनताभन्दा पनि आºनो निहीत स्वार्थ पूरा गर्न संविधानसभाको उपयोग भएपछि त्यसको पतनसंगै मुलुक केही हदसम्म शान्त देखिएको थियो ।
तर संविधानसभाको पतनसंगै काग्रेस एमाले लगायत विपक्षी गठबन्धनको राष्ट्रिय सरकारको माग, सत्ता नछाड्ने एकिकृत नेकपा माओवादी र मधेशी मोर्चाको अडान र संविधानसभाको पुनस्र्थापना तथा संसदीय निर्वाचनको अलमलले जेठ १४ यता मुलुकको राजनीति अनिश्चित भविष्यको मार्गमा दौडिरहेको छ । दक्षिणी छिमेकीको जोड्बलले प्रधानमन्त्री बनेका बाबुराम भट्टराई उसैको इशारा विना सत्ता नछाड्ने मनस्थितिमा रहनु र काग्रेस एमाले लगायतका विपक्षी गठबन्धन सरकारले राजीनामा नदिई टसका मस नहुने अवस्थाले पनि मुलुकको राजनीतिक भविष्य के होला भन्ने यसै अनुमान गर्न कठिन देखिएको छ ।
एकिकृत नेकपा माओवादी र मधेशी मोर्चाको संयुक्त सरकारलाई अप्ठ्यारोमा पार्न राष्ट्रपति डा. रामवरण यादवलाई उक्साइरहेका विपक्षी गठबन्धनले राष्ट्रपति यादवले केही लछारपाटो लगाउन नसकेपछि भातृ संगठनलाई सडक तताउन उक्साइरहेका छन् , जसकारण सर्वसाधारणको दैनिक जीवन कष्टकर बन्दै गएको छ । आन्दोलन बाहेक अरु विकल्पबाट सरकारलाई हटाउन नसकिने प्रष्टै भए पनि सर्वसाधारणको दैनिक जीवन कष्टकर हुने गरि सडक ठप्प पार्नुलाई उचित मान्नु सोह्ैआना गलत हुनेछ । खासमा काग्रेस एमाले लगायत विपक्षी गठबन्धनको केटाकेटी राजनीति पनि अहिलेको अवस्था आउनुमा उत्तिकै जिम्मेवार छ ।
उता राष्ट्रपति डा.रामवरण यादवका पनि आºनै किसिमका संवैधानिक दायराहरु छन् ।
एउता सामान्य जिल्लाको राजनीति गरेका व्यक्ति एकाएक राष्ट्र प्रमुख बन्न पुग्दा उनमा संकट फुकाउने आँट र हिम्मत नदेखिएको स्पष्टै छ । वर्तमान सरकारलाई अपदष्ट गरौं त्यो असंवैधानिक होला, अर्कोतर्फ भारतले साथ नदेला, नगरौं विपक्षी गठबन्धनको करकरले राष्ट्रपति अलमल्ल परेका छन् । उनले सरकारलाई अप्ठ्यारोमा पार्ने केही प्रयास पनि गर्न नखोजेका होइनन् , धम्कीको भाषा पनि बालेकै हुन् तर भारतको साथ र सहयोग पाएकोले वर्तमान सरकारले सुनेको नसुन्यै गरेपछि राष्ट्रपति पछिल्लो समयमा केही शान्त देखिएका छन् त्यो उनको बाध्यता हो ।
जे होस, मुलुकले सही ट्रयाकमा हिंडने कोही इमानदार जङ्गबहादुरको खोजी गरिरहेको छ, जसले प्रजातन्त्रलाई सही मार्गमा हिंडाओस्, तर नमासोस् । राजनीतिक दलहरुको दलीय र व्यक्तिगत स्वार्थले मुलुक तहस–नहस भइसकेको अवस्थामा विद्यमानछ । यो विद्यमान परिस्थितिलाई सही आँकलन गरेर ट्रयाकमा हिंडाउन कोही इमानदार जङ्गबहादुर अघि सर्दैन भने ‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे’ भनेर भावि पिंढीले भन्न पनि पाउँदैनन् ।












