काठमाडौं/ इन्टरनेसनल मनी एक्सप्रेस (आइएमई)ले काठमाडौंको कोटेश्वरमा आफ्नो ३१ औँ आइएमई सेन्टर स्थापना गरेको छ । आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोटेश्वरस्थित ‘सिम्पल सब रेमिट’को उद्घाटन गरेका हुन् । अध्यक्ष ढकालले आइएमई सेन्टर सेवाग्राही केन्द्रित आदर्शको एउटा सुन्दर नमुना भएको बताए । ‘यो आर्थिक वर्षभित्र हामीले आइएमई सेन्टरको देशव्यापी सञ्जाललाई एक सयको संख्यामा पुर्याउने लक्ष्य लिएका छौँ,’ उनले भने ।
आइएमईले ३१औँ आइएमई सेन्टरलगायत देशभरका २ हजारभन्दा बढी आफ्ना एजेन्ट /सब एजेन्टमार्फत रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको (आइएमई)ले जारी विज्ञप्तिमा उल्लेख छ ।













