वास्तु तथा ज्योतिषविद ः स्टेफेन (ऋषि) गौतम
९८०३०५४०१५, ज्ञानेश्वर काठमाडौं ३३
घरको दक्षिण र पश्चिम जोडिने कुनालाई नैऋत्य कोण (SOUTH WEST CORNER) भनिन्छ । यस कुनामा माष्टर बेडरुम MASTER BEDROOM) एकदम राम्रो मानिन्छ । घरको मुखिया अर्थात घर मुली यस कोठामा बस्नु राम्रो हुन्छ ।
यस कोठामा सकेसम्म भारी, गह्रौ सामानहरु जस्तै दराज,¥याकहरु राखेर वजनदार गर्नु राम्रो हुन्छ । यस कोठामा सकेसम्म पढ्ने बच्चाहरुलाई सुताउनु वा पढ्ने कोठा (STUDY ROOM) गर्नु हुँदैन । घरको नैऋत्य कोणतिर ईनार। बोरिङ, धारा राख्न हुँदैन । छ भने तुरुन्त हटाउनु पर्छ । नैऋत्य कोणमा ग्यारेज (GARAGE) गर्न सकिन्छ । नैऋत्य कोणमा वाथरुम (BATH ROOM) पनि गर्न एकदमै हुन्दैन ।













