काठमाडौं । नेपाली सेनाद्वारा निर्माणाधिन कालीगण्डकी करिडोर सडक अन्तर्गत बाग्लुङ जिल्लास्थित मालढुङ्गा–टाकुरे सडक खण्डको निर्माण कार्य सम्पन्न भएको अवसरमा गत जेठ ५ गते प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले उक्त सडकखण्डको उद्घाटन गर्नु भएको छ ।
नेपाली सेनाले उक्त सडक खण्ड अन्तर्गत विभिन्न सेक्टर गरी ५४ कि.मि. सडक खण्डको ट्रयाक खोल्ने जिम्मेवारी पाए पश्चात् २०७० बैशाख महिनाको दोश्रो हप्ताबाट फौज परिचालन भई निर्माण कार्य संचालन गरेको थियो । सोही सडक खण्ड अन्तर्गत मालढुङ्गा–टाकुरेसम्मको १४ कि.मि. सडक खण्डको निर्माण कार्य सम्पन्न भएकोले प्रधान सेनापति महारथी क्षत्रीले उक्त सडक खण्डको उद्घाटन गर्नु भएको थियो ।












