काठमाडौं । राजधानीको राष्ट्रिय नाचघर जमलमा आयोजित ‘मिस्टर एन्ड मिस ‘एसएलसी अफ द इयर–२०१६’ को उपाधि मनीष अधिकारी र सविना लामाले जितेका छन । सुशान्त भण्डारी र सरिष्मा थापा फस्ट रनर अप भएका थिए । यस्तै प्रवीण मोक्तान र कजिना श्रेष्ठ सेकेन्ड रनर अप, यमाङ गुरुङ र अध्येता रेग्मी थर्ड रनर अप र लोमशबहादुर कार्की र निहारिका मैनाली फोर्थ रनर अप बनेका थिए ।
स्टार इन्टरटेनमेन्टले नाचघरमै आयोजना गरेको टिन एसएलसी–२०१६ को उपाधि सुरुचि बुढाथोकीले
जितेकी छिन । उक्त प्रतियोगितामा अनिता लगुन फस्ट रनर अप र सुमी बजगाईं सेकेन्ड रनर अप भएका छन । टिन एसएलसी तर्फ सुनिता नेमाफुकी फेसबुक च्वाइस, समीक्षा थापा मगर मिस क्याटवाक, सुस्मिता भण्डारी ब्युटी विथ पर्पस, प्रवीणा थापा मगर मष्ट पपुलर, सदिच्छा घिमिरे मष्ट फोटोजेनिक, आरती यादव बेस्ट फिजिक, आर्या श्रेष्ठ बेस्ट डान्स र सबिना थापा युथ विथ रेस्पोन्सिबिलिटी घोषित भएका छन ।













