काठमाडौं । प्रेस चौतारी नेपालको दुई साता अघि सम्पन्न निर्वाचनमा मिलिजुली बसौं, बाँडीचुडी खाऔं भन्ने सिद्धान्त अपनाएर वरिष्ठ एमाले पत्रकारहरु उपेन्द्र केसी, दुर्गा शर्मालाई शहीद बनाएर निर्विरोध नेतृत्व चयन गरेर बाइवाई कमाएका नेकपा एमाले प्रचार विभागका प्रमुख, पार्टी प्रवक्ता तथा पार्टी सचिव योगेश भट्टराई प्रति एमाले प्रचार विभागको गठन पछि भने एमालेका वरिष्ठ देखि कनिष्ठसम्मका पत्रकारहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।
एमालेले ३१ वटा विभाग गठनलाई पूर्णता दिएको छ । त्यसमा प्रचार विभाग गठनमा पार्टीको भूगोल, संगठन, पेशागत संगठनमा काम गरेर महत्वपूर्ण योगदान गरेका चर्चित र क्रियाशिल पत्रकाहरु उपेक्षा गरि समावेश नगरिएकोमा प्रेस चौतारीका संस्थापक पत्रकाहरु असन्तुष्टी व्यक्त गर्दै हिडेका छन् । पार्टीले वरिष्ठ पत्रकार शम्भू श्रेष्ठ, गोपाल थपलिया, गोपाल बूढाथोकी, बालकुष्ण चापागाई, विजय चालिसे, श्रीधर आचार्य, किशोर श्रेष्ठ, खेम भण्डारी, बद्रीविनोद प्रतिक, विश्वबन्धु भण्डारी, उपेन्द्र केसी, दुर्गा शर्मा, सुवास देवकाटा, शिव गाउँले, निर्मला शर्मा, माधव विद्रोही, किशोर कार्की, प्रकाश खतिवडा, महेश दास, शितल साह, शरद अधिकारी, शिव डोटल, हेमन्त पौडेल, मोहम्मद हारुनहरु एमालेको प्रचार विभाग गठनबाट असन्तुष्ट छन् ।
प्रचार विभागमा विष्णु रिजाल, राजेन्द्र अर्याल, गगन विष्ट, प्रमोद दाहाल, गणेश बस्नेत जस्ता सदरवहार पत्रकारहरु मात्र अटाउन सकेका छन् । पार्टीको यस्तो निर्णयबाट माधव पौडेल, मातृका पौडेल, शन्तराम विडारी, विकास गिरी, उज्वल पहाडी, गणेश पाण्डे लगायत असन्तुष्ट रहेका छन् । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार गोपाल खनाल, रामशरण बजगाई, शुरोजंग पाण्डे बालकुमार नेपाल, गुणराज लुइटेल, चुडामणी भट्टराईसम्मले प्रचार विभागमा आउन चाहना राखेका थिए तर पर्न असफल भएका छन् । प्रचार बिभागको सचिव बन्न माधव नेपाल निकट विष्णु रिजाल, राजेन्द्र अर्याल र गगन विष्ट वीच प्रतिस्पर्था छ । उता अध्यक्ष ओली पक्षबाट विभागीय प्रमुखमा १४ जना र माधव नेपाल पक्षबाट १७ जना परेका छन् । बाँकी विभागमा ओली पक्षले एकलौटी गर्ने भएको छ । ओली समूहको महत्वपूर्ण विभागको नेतृत्व लिएर माधव समूहलाई कम महत्वको विभाग दिएको भन्दै गुनासो गर्न थालेका छन् ।













