हिमालयन र ट्रयाङ्लोबीच रेमिट्यान्स सम्झौता
काठमाडौं । हिमालयन बैंक लिमिटेड तथा ट्रयाङ्लो सिन्डरिन बर्हाड, मलेसियाबीच रेमिट्यान्स सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर जबरा तथा ट्रयाङ्ग्लोका प्रमुख कार्यकारी अधिकृत सिया हुई योंगले हस्ताक्षर गरेका थिए । मलेसियाको कुआलालम्पुरमा प्रधान कार्यालय भएको ट्रयाङ्ग्लोको इन्डोनोसिया, मध्यपूर्व तथा संयुक्त अधिराज्यमा अन्तर्राष्ट्रिय शाखा कार्यालय छन जसले विश्वका करीब ८० देशहरुमा सहज, सुलभ र सुरक्षित विप्रेषण तथा प्रिपेड कार्ड सेवा प्र
दान गरिरहेको छ ।
मलेसियन सरकारको स्वामित्व भएको इकुइनासको लगानी रहेको ट्रयाङ्ग्लोको एशियामा फिलिपिन्स, बङ्गलादेश, भारत, चीन, श्रीलंका लगायतका दशवटा देशहरुमा रेमिट्यान्स भुक्तानी केन्द्रहरु समेत सञ्चालनमा छन् । हिमालयन बैंक लिमिटेड .र ट्रयाङ्ग्लो बीचको यस सम्झौतावाट विदेशमा कार्यरत करीव २२ लाख नेपालीहरुले सरल र सुरक्षित विप्रेषण सेवाको उपभोग गर्न पाउने छन् । ट्रयाङ्ग्लोको माध्यमवाट नेपाल आउने विप्रेषण बैंकको ४२ वटै शाखा तथा ७५०० भन्दा बढी हिमाल रेमिट काउन्टरवाट तत्कालै भुक्तानी लिन सकिनेछ । हिमाल रेमिट बैंकको आफ्नै अनलाइन रेमिट्यान्स सेवा हो । बैंकको रेमिट्यान्स सेवाको लागि विश्वभरी ९० भन्दा बढी अन्तर्राष्ट्रिय व्यवसायिक साझेदारहरु छन् ।
मेगा बैंक र आइ पे रेमिटान्स सम्झौता
काठमाडौं । रेमिट्यान्स सेवा प्रदायक कम्पनी आई पे रिलायबल रेमिट्यान्स र मेगा बैंक नेपालबीच रेमिट्यान्स सम्झौता भएको छ । उक्त सम्झौता पश्चात विदेशबाट आई पे मार्फत पठाएको पैसा मेगा बैंकका सबै शाखा
हरुबाट ग्राहकले भुक्तानी लिन सक्नेछन् । आई पे ले अमेरिका, साउदी अरब, कतार, मलेशिया, युएई, बेलायत, अष्ट्रेलिया, जापान लगायत नेपाली कार्यरत सबैजसो मुलुकहरुबाट विभिन्न रेमिट्यान्स कम्पनीहरुसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भि¥याउँदै आएको छ । कम्पनीका नेपालभर ३५ सयभन्दा बढी भुक्तानी काउन्टरहरु रहेका छन् । बैंक वित्तीय संस्थाको पहुंँच नभएको क्षेत्रमा यस्ता भुक्तानी काउन्टर हरुबाट ग्राहकहरुले भुक्तानी लिनसक्ने कम्पनीले जलनाएको छ ।
एनआईबीएल–कोषबीच सम्झौता
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड र पशुपति क्षेत्र विकास कोषबीच ‘जनसहभागिता र विकास’ कार्यक्रम अन्तर्गत पशुपति क्षेत्रको महास्नान घर (ठूलो सदावर्त घर) लाई मर्मत–सम्भार गर्ने र उक्त घरलाई ‘पशुपति संग्रहालय’को रूपमा विकास गर्ने गरी सहमति भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा. गोविन्द टन्डन तथा नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अ
धिकृत ज्योतिप्रकाश पाण्डेले हस्ताक्षर गरेका थिए ।
महास्नान घरकोे दक्षिण र पश्चिमपट्टिको भाग गत वर्षको भूकम्पले गर्दा क्षति पुगेको अवस्थामा छ । सम्झौता गरेको एक वर्ष्भित्र महास्नान घर एवं तीन वर्षभित्र पशुपति संग्रहालय सञ्चालन गर्ने गरी कार्य हुने र सो पुनर्निर्माण एवं मर्मत सम्भार कार्यका लागि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको तर्फबाट प्रतिवर्ष १ करोडको दरले ३ वर्षमा जम्मा ३ करोड रुपैयाँसम्म खर्च गरिने बैंकले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।
कुमारी बैंक र सम्सारा रेमिटबीच सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र सम्सारा रेमिट प्रा.लि.बीच विश्वका विभिन्न भागमा कार्यरत व्यक्तिहरुले पठाएको रेमिट्यान्सको व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार सम्सारा रेमिट मार्फत विभिन्न मुलुकबाट आएको विप्रेषणको रकम अब कुमारी बैंकले आफ्ना १००० भन्दा बढी कुमारी रेमिट ऐजन्ट मार्फत सम्बन्धित व्यक्तिहरुलाई भुक्तानी गर्नेछ । यस सम्वन्धी सम्झौतापत्रमा कुमारी बैंक लिमिटेडका तर्फबाट कायममुकायम प्रमुख कार्यकारी अधिकृत राजिव गिरी र सम्सारा रेमिटका तर्फबाट कार्यकारी उपाध्यक्ष जीवन वावु श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
प्रभु मनि र टेक्नोलोजीबीच सम्झौता
काठमाडौं । प्रभु मनि ट्रान्सफर र भारतीय कम्पनी एफआईए टेक्नोलोजी प्रा.लि.बीच रेमिट्यान्स सम्झौता भएको छ । सो सम्झौतामा प्रभु मनि ट्रान्सफरकी उपाध्यक्ष कुशुम लामा र एफआईएका वित्त तथा अपरेशन प्रमुख प्रदिप मेहेताले हस्ताक्षर गरेका थिए । कम्पनीले भारतीय सुपरिचित बैंकहरु एस बैंक, बैंक अफ इन्डिया, स्टेट बैंक अफ इन्डीया, विजया बैंक लगायतसँगको सहकार्यमा भारतभरी ८ हजार ५ सय भन्दा बढी सेवा केन्द्र मार्फत आन्तरिक तथा बाह
य रेमिट्यान्सको काम गर्दै आएको छ ।
वित्तीय समावेशिताको लागि बैंकिङ पहुँचभन्दा बाहिर रहेका निम्न वर्गिय ब्यक्तिहरुलाई बैंकिङ कारोवारमा समेट्न उल्लेखनिय भूमिका निर्वाह गर्दै आएको सो कम्पनिले अब भारतमा रोजगारीको सिलसिलामा गएका नेपालीका लागि सस्तो र सुलभ एवम् विश्वाशिलो रेमिट्यान्स सुविधा प्रदान गर्ने मेहेताले बताए । उक्त सम्झौता पछि भारतबाट नेपालमा रेमिट्यान्स पठाउनको लागि प्रभु मनि ट्रान्सफर इन्डियाको सहकार्यमा एक दर्जनभन्दा बढी कम्पनीहरुले संकलन गरेको रकम नेपालमा प्रभु मनि ट्रान्सफरको भुक्तानी केन्द्र मार्फत सजिलै भुक्तानि लिनसक्ने उक्त कम्पनीले जनाएको छ ।
रिलायबको १०औ वार्षिक साधारणसभा
काठमाण्डौ । रिलायबल डेभलपमेन्ट बैंकको १० औ वार्षिक साधारणसभा हालै सम्पन्न भएको छ । सो साधारणसभाले २०७१÷७२ को मुनाफाबाट १०५बोनस शेयर तथा पुजी वृद्धिको लागि बोनस शेयर पश्चात १–१ हकप्रद शेयर जारी गर्ने लगायत सम्पूर्ण सामान्य तथा विषेश प्रस्तावहरु पारित गरेको छ । यसका साथै बैंकले १९५ प्रोमोटर शेयरलाई साधारणमा परिवर्तन गरी संस्थापक समूहको ५१५ र सर्वसाधारण समूहको ४९५ शेयर स्वामित्व कायम गर्ने भएको छ ।
उक्त साधारणसभामा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले बैंकले आगामी दिनमा बैंकलाई अझ सबल बनाउदै लैजाने र आ.व. २०७२÷७३ मा अझ बढी मुनाफा गर्नुका साथै शेयरधनीहरुलाई अझ बढी बोनस प्रदान गर्ने बताए । रिलायबल डेभलपमेन्ट बैंकको गत शुक्रबार सम्मको निक्षेप ८१२ करोड र कर्जा लगानी ६५८ करोड रहेको साथै रिलायबल डेभलपमेन्ट बैंकले असार मसान्त भित्र तनहँुको डुम्रेमा शाखा सञ्चालनमा ल्याउने समेत जनाएको छ । बैंकले सहायक संस्थाको रुपमा रिलायबल क्यापिटल समेत छिट्टै सन्चालन ल्याउनको लागि सबै तयारी भइरहेको जनाएको छ । बोनस पश्चात ७८ करोड चुक्ता पूंजी रहेको यस बैंकले अधिकृत पूंजी वृद्धि गरी ३ अरव पु¥याउने भएको छ ।
यती डेभलपमेन्टले हकप्रद सेयर जारी गर्दै
काठमाडौं । यती डेभलपमेण्ट बैंकले चुक्ता पुँजी वृद्धि गर्न हकप्रद सेयर दिने भएको छ । बैंकले तोकेको दुई अर्व ५० करोड रुपैयाँको चुक्ता पुँजी पु¥याउन बैंकले दुई बराबर एक कित्ता सेयर दिन लागेको हो । बैंकको गत बुधवार बसेको सञ्चालक समिति बैठकले हकप्रद सेयरको अनुपात तय गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । दुई बराबर एक कित्ता सेयर दिएपछि बैंकको चुक्ता पुँजी दुई अर्व सात करोड रुपैयाँ पुग्नेछ ।
अपुग रकम आगामी वर्षको बोनस सेयर वितरण गरेर पुरा गर्ने योजना उक्त बैंकको र
हेको छ । बैंकले चुक्ता पुँजी वृद्धिसँगै मर्जरको विकल्पमा पनि खुला भएको उक्त बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । देशभर २५ वटा शाखाबाट कारोवार गर्ने बैंकले १० अर्ब रुपैयाँ निक्षेप परीचालन गरेको छ भने आठ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले बचतमा ६ प्रतिशत ब्याज र ९.९९ प्रतिशत सम्ममा कर्जा दिंदै आएको छ । एन.सुवेदीबाट
सुर्योदय र आरएसडिसीको साधारण सेयर निष्कासन
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले गत बुधबार सुर्योदय लघुवित्त वित्तीय संस्था र आरएसडिसी लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर खोल्न अनुमति प्रदान गरेको छ । सुर्योदय लघुवित्तले १२ करोड रुपियाँबराबरको १ लाख २० हजार युनिट कित्ता सेयर जारी गर्ने जनाएको छ । यसका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धक तोकिएको छ । लिमिटेडका अनुसार यसले साउनको पहिलो साताबाट साधारण सेयर निष्काशन गर्ने तयारी गरेको छ ।
हाल यस लघुवित्तको चुक्ता पूँजी दुई करोड ८० लाख छ भने साधारण सेयर निष्कासन पछि चार करोड पुग्ने पनि जनाएको छ । त्यस्तैगरी, आरएसडिसी लघुवित्त वित्तीय संस्थानले पनि चार करोड रुपियाँ बराबरको चार लाख कित्ता साधारण सेयर जारी गर्ने जनाएको छ । यसको बिक्रि प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । आइसीआरए नेपालको क्रेडिट रेटीङ्गमा चौथोमा रहेको छ । हाल छ करोड रुपियाँ चुक्ता पुँजी रहेको यस संस्थानको साधारण सेयर निष्कासनपछि १० करोड रुपियाँ पुग्ने दाबी गरिएको छ । दिनेश थापा मगरबाट
लबिम मलमा एनसेलको नयाँ एनसेल शप
काठमाडौं । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले बुधबारदेखि ललितपुरको पुलचोकमा रहेको लबिम मल र काठमाडौंको बालाजु चोकमा एनसेल शप सञ्चालनमा ल्याएको छ । यस शपबाट ग्राहकले एनसेलका विभिन्न सेवा तथा त्यसका बारेमा जानकारीहरु र मोबाईल सेटहरु खरिद गर्न सक्ने छन । ’धेरै भन्दा धेरै ग्राहक माझ एनसेलको सेवा
र सुविधाको पहुँच सहज बनाउने योजना अनुरुप एनसेल शपहरु खेलिएको हो’, एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले भने, ’ग्राहक अनुभवलाई अझ परिस्कृत गर्दै लग्नका लागि अन्य क्षेत्रमा पनि यस्तै एनसेल शप खोल्ने योजनामा छौ ।’
ग्राहकले एनसेल शपबाट नयाँ सिम कार्ड खरिद गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, ईन्टरनेट तथा एमएमएस सेटिङ्, ट्यारिफ परिवर्तन तथा सियुजी सेवा परिमार्जन गर्न सक्नेछन्। साथै एनसेलका सेवा सुविधाको बारेमा सोधपुछ गर्न, रिचार्ज कार्ड खरिद गर्न, ब्यालेन्स ट्रान्सफर र अन्य सुविधा पनि लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।
एनसेलको १.९९ रुपैयाँमा भारतमा कल सुविधा
काठमाडौं । एनसेलका ग्राहकले भारतमा अझ सुलभ शुल्कमा कुरा गर्न पाउने भएका छन् । एनसेलले भारतको कल महशुललाई ३३ प्रतिशतले घटाउँदै ‘इन्डिया कलिङ’ योजना ल्याएको छ । यो योजना अन्र्तगत ग्राहकले अब कर बाहेक १.९९ रुपैयाँ प्रति मिनटेमा भारतमा कल गर्न सक्ने छन् । यस अघि भारतका लागि कल महशुल कर बाहेक २.९९ रुपैयाँ प्रति मिनेट थियो ।
इन्डिया कलिङ योजना गत बुधबारदेखि तीन महिनाका लागि लागु हुने बताइएको छ । ग्राहकले एस्ट्रिक्स
१७१०७ ह्यास डायल गरी यो योजनामा निशुल्क सहभागी भई सुलभ दरको लाभ लिन सक्ने कम्प्नीले बताएको छ । साथै ग्राहकले अंग्रेजीमा ‘ए’ टाइप गरी १७१०७ मा एसएमएस पठाएर पनि योे योजना सुचारु गर्न सक्छन् । भारतमा ठूलो संख्यामा नेपालीहरु शिक्षा तथा रोजगारीका निमित्त बस्ने गरेका छन् । त्यस्तै, थुप्रै नेपालीहरु भारतसँग व्यापार व्यवसायमा संलग्न रहेका छन् भने प्रत्येक वर्ष भ्रमण तथा तीर्थका लागि पनि नेपालीहरु भारत जाने गरेको छन् । ‘यो योजनाले हाम्रा ग्राहकलाई भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथीभाई र व्यावसायीक साझेदारहरुसँग अझ सुलभ शुल्कमा कल गरी सम्पर्कमा रहि रहन सहयोग पु¥याउने छ’ एनसेलका कर्पोरेट सम्वाद विज्ञ मिलन शर्माले भने ।
यो योजना ग्राहकलाई सुलभ दरमा गुणस्तरिय सेवा प्रदान गर्ने एनसेलको प्रतिबद्घता अनुरुप ल्याएको एनसेलको दाबी छ । ग्राहकले आईभिआर नम्बर १७१०७ मा डायल गरेर निःशुल्क रुपमा यो योजनाको बारेमा थप जानकारी लिन सक्छन् र प्राप्त जानकारी अनुसार योजनामा सहभागी हुन सक्छन् । योजनामा सहभागी भएका ग्राहकले अंग्रजीमा ‘आर’ टाइप गरी १७१०७ मा एसएमएस पठाई यो योजनाबाट बाहिरीन पनि सक्छन् ।













