बुटवल/ बुटवल फाइनान्सको विशेष साधारणसभाले कम्पनीमा सिएमबी फाइनान्स र एल्पिक एभरेस्ट फाइनान्स गाभिनेसम्बन्धी विशेष प्रस्ताव पारित गर्दै मर्जपछि नयाँ बन्ने संस्थाको नाम ‘सिनर्जी फाइनान्स लिमिटेड’ रहने सर्वसम्मत पारित गरेको छ ।
सञ्चालक समिति अध्यक्ष देवेन्द्रप्रसाद ध्वजूको अध्यक्षतामा सम्पन्न विशेष साधारणसभाले संस्थाको नयाँ नाम पारित गरेको हो । मर्ज हुने तीनवटै संस्थाको प्रतिवेदनमा आव ०६८/६९ लेखापरीक्षण हुन बाँकी वित्तीय विवरणअनुसार कुल चुक्ता पुँजी ४७,४४,०९ हजार निक्षेप र २,६८,३२,८८ हजार कर्जा लगानी २,२५,७८,२३ हजार र खुद मुनाफा ३,७५,५३ हजार रहेको विशेष साधारणसभामा जानकारी दिइएको थियो ।
हाल तीनवटै वित्तीय संस्थाको कुल शाखा १२ तथा रेमिट्यान्स काउन्टर २ र एटिएम संख्या ३ छ ।













