काठमाडौं/ मेगा बैंक नेपालले चालू वर्षलाई साना तथा मझौला उद्यम (एसएमई) वर्षका रूपमा मनाउने भएको छ । गुणस्तरीय तथा प्रभावकारी सेवामार्फत साना तथा मझौला व्यवसाय प्रवद्र्धन गरी मुलुकको आर्थिक विकासमा सहयोग पुर्याउने उद्देश्यले बैंकले एसएमई वर्ष घोषणा गरेको हो । त्यसका लागि मुलुकभरका २८ शाखामार्फत घरदैलो अभियान तीव्र पारिएको बैंकले जनाएको छ ।
‘अहिले हामी साना तथा मझौला व्यवसायीदेखि उद्यमीसम्मको नियमित सम्पर्क र भेटघाटमा छौँ, भेटमा सकारात्मक प्रतिक्रिया मिलेको छ,’ बैंकका सिइओ अनिल केशरी शाहले भने । बैंकले साना तथा मझौला व्यवसायीलाई सहज र सरल रूपमा ऋण दिने उद्देश्यले यसअघि ‘टेन डेज टु क्यास’ योजना ल्याइसकेको छ













