प्रभु बैंकको शाखा रसुवाको स्याफ्रुबेसीमा
काठमाडां । रसुवाको प्रमुख व्यापारिक केन्द्र तथा नेपाल–चीनबीचको नाका स्याफ्रुबेसीमा प्रभु बैंक लिमिटेडले शाखा सञ्चालनमा ल्याएको छ । स्याफ्रुबेसी शाखा कार्यालयको उदघाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले गरेका थिए । गत वर्ष गएको शक्तिशाली भुकम्पका कारण अति प्रभावित जिल्ला
रसुवामा बैंकको शाखा विस्तार हुँदा स्थानीय वासिन्दा तथा भूकम्प पीडितलाई सरकारी तथा गैरसरकारी निकायबाट उपलब्ध हुने राहत रकम तथा अन्य सुविधा रकम बैंकमार्फत् भुक्तानी लिन सहज हुने भएको छ ।
यसबाट स्थानीयहरु उत्साहित भएका छन् । यो क्षेत्रमा बैंकको शाखा कार्यालय स्थापना हुँदा व्यापारिक प्रयोजनका लागि सहज भएर बैंकिङ कारोबारले व्यापारिक गतिविधिहरुमा वृद्धि हुने प्रभु बैंकले विश्वास लिएको छ । यसैवीच प्रभु बैंक लिमिटेडले काठमाडौंस्थित धापासी टोखा रोडमा बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उदघाटन नेपाल राष्ट्र बैंकका बरिष्ठ डेपुटी गर्भनर शिवराज श्रेष्ठले गरेका हुन । गतवर्ष सम्पन्न मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयमध्ये गोगबु शाखा कार्यालयलाई धापासीमा स्थानान्तरण गरिएको हो । मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ ।
मेगा बैंकले २५ प्रतिशत हकप्रद सेयर दिने
काठमाडौं । मेगा बैंकले सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर दिने भएको छ । यसका लागि औपचारिक प्रक्रिया अघि बढिसकेको बैंकले जनाएको छ । बैंकले सातौं वर्षमा प्रवेश गरेको अवसरमा चुक्ता पुँजी बढाउनका लागि हकप्रद सेयर दिने घोषणा गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नेपा
ल राष्ट्र बैंकको नियम अनुसार संस्थापक सेयरलाई साधारण सेयरमा रुपान्तरण गरिसकेको जानकारी दिए । यो सँगै लगानीकर्ताहरुको लगानी गर्ने क्षमता अभिवृद्धि गरेको उनले बताए ।
त्यसैगरी, बैंकलाई देशकै अग्रणी बैंकका रुपमा उभ्याउन मर्जर र एक्वायरलाई प्राथमिकता दिइने भएको छ । मर्जर बाहेक हकप्रद सेयर जारी गरेर राष्ट्र बैंकले तोकेको समयमा तोकेको चुक्ता पुँजी पु¥याउने योजना रहेको बैंकका अध्यक्ष भोजराज शाहले बताए । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीति मार्फत ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको थियो । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ८४ करोड रुपैयाँ छ । यो बैंकले मर्जर वा एक्वायरमा नगई राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पु¥याउन सक्ने अवस्था देखिँदैन । ‘गत बैशाखबाट पश्चिमाञ्चल विकास बैंकलाई मेगा बैंकमा मर्ज गसिकेका छौं, हामीसँग मर्जरका लागि अन्य बैंकहरुले ल्याएको प्रस्तावमा पनि छलफल भइरहेको छ । अध्यक्ष शाहले भने मर्जरमा जाने कि थप हकप्रद सेयर जारी गर्ने भन्ने विकल्प रोज्नेमा आन्तरिक छलफल भइरहेको छ ।
प्राइम बैंकलाई हकप्रद निष्कासन अनुमति
काठमाडौं । प्राइम कमर्सियल बैंकलाई हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बैंकले प्रस्ताव गरे अनुसार तीन बराबर एक (३ः१)का दरले हकप्रद निष्कासन अनुमति दिइएको हो । बैंकको हाल चुक्तापुँजी तीन अर्ब ७० करोड रुपैयाँ छ ।
हकप्रद जारी गरेपछि यस्तो चुक्तापुँजी चार अर्ब ९४ करोड रुपैयाँ पुग्छ । बैंको आठौं साधारण सभाले हकप्रद जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ । बैंकले केही समयमै हकप्रद जारी गर्ने छ । नेपाल राष्ट्र बैंकले २०७४ साल असार मसान्त सम्म बाणिज्य बैंकको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ बनाउनु पर्ने व्यवस्था गरेको छ । यही व्यवस्था अनुसार बैंक तथा वित्तीय सस्थाहरु अहिले धमाधम पुँजी बृद्धिको अभियानमा छन् । प्राइम बैंकले पुँजी बृद्धिका लागि विराटलक्ष्मी विकास बैंक लिमिटेड र कन्ट्री डेभलपमेण्ट बैंक लिमिटेड खरिद गर्न सझौता गरिसकेको छ ।
एनएमबी बैक रिद्धि सिद्धि सिमेन्टको मुख्य लगानीकर्ता
काठमाडौं । एनएमबि बैक रिद्धि सिद्धि सिमेन्ट कम्पनीको मुख्य लगानीकर्ता हुने भएको छ । एनएमबि बैकको अगुवाई रहने प्रोजेक्टमा हिमालयन बैकको सह–वित्तीयकरण तथा अन्य बैकहरु नेपाल बैक, नेपाल एसबिआई बैक, सेन्चुरी कमर्सियल बैक, लक्ष्मी बैक, सिभिल बैक, माछापुच्छ«े बैक, प्रभू बैक तथा सोसाईटी डेभलपमेन्ट बैकहरुको समेतको लगानी रहने छ । रिद्धि सिद्धि सिमेन्ट कम्पनीको कुल लागत ६.११ अर्व हुनेछ । जस मध्ये बैंकहरुको कुल ४.५८ अर्वको लगानी हुनेछ । रिद्धि सिद्धि सिमेन्ट कम्पनी शंकर ग्रुप तथा अम्बे समुहको लगानी रहेको कम्पनी हो ।
ग्लोबल आइएमइ पनि पहिलो पटक विलेनियर क्लवमा
काठमाडौं । ग्लोबल आइएमई बैंक पनि नाफाका आधारमा विलेनियर क्लवमा छिरेको छ । ग्लोबल आइएमइ बैंकले गत आर्थिक बर्ष एक अर्ब ३८ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्ष बैंकको खुद नाफा ९६ करोड रुपैयाँ थियो । खुद ब्याज आम्दानीमा उल्लेख्य सुधारसँगै बैंकको नाफामा वढोत्तरी भएको छ ।
ग्लोबल आइएमई बैंकले अघिल्लो बर्ष दुई अर्ब २८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यसपाली बढाएर दुई अर्ब ८८ करोड ९५ लाख रुपैयाँ पु¥याएको छ । यस वाहेक विदेशी विनिमयबाट हुने आम्दानी पनि वढेको छ । ब्यापार वढेपनि बैंकको नोक्सानी व्यवस्थापन वापतको रकम खासै बढेको छैन । यसले खराव कर्जा कम भएर पनि बैंकको नाफामा सुधार देखिएको छ ।
अघिल्लो बर्ष ५४ करोड ८६ लाख नोक्सानी व्यवस्थापन गरेको बैंकले यसपाली ५९ करोड रुपैयाँ गरेको छ । जब की कुल कर्जा लगानी १० अर्ब रुपैयाँले बढेर ६० अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । ग्लोबल आइएमई बैंकसँग सर्वसाधारणको ७४ अर्ब ६३ करोड रुपैयाँ निक्षेप छ । बैंकले डुबेको मध्ये २५ करोड २२ लाख रुपैयाँ उठाएको छ । बैंकको खराव कर्जा २.२३ प्रतिशतबाट घटेर १.८७ प्रतिशतमा झरेको छ । ६ अर्ब १६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको पुँजी कोष अनुपात १२.३५ प्रतिशत छ । ग्लोबल आइएमई बैंकको प्रतिशत सेयर आम्दानी साढे २२ प्रतिशत छ भने मूल्य आम्दानी अनुपात २२.८९ गुणा छ ।
सेञ्चुरी बैंकको हकप्रद सेयर निष्काशन हुने
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको पाँचौं साधारणसभाले पारित गरेको ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विवरणलाई धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ । सेञ्चुरी बैंकले जारी गर्ने हकप्रद शेयरको निष्काशन तथा विक्री प्रबन्धकको रुपमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । आ.व. २०७२÷७३ को चैत्र मसान्त सम्म बैंकले कुल निक्षेप २६.०१ अर्व रुपैयाँ र कर्जा रकम २२.८३ अर्व रुपैयाँ परिचालन गरी ३४.५० करोड सञ्चालन मुनाफा २३.२४ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । सेञ्चुरी बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा एटीएम, ९ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्ग समक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
कैलाश विकास बैंकको ह्रयाट्रिक
काठमाडौं । कैलाश विकास बैंकलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट् संस्था (आइक्यान) ले उत्कृष्ट बार्षिक
वित्तीय प्रतिवेदन सम्मान–२०७२ प्रदान गरेको छ । यो समेत कैलाशले आइक्यानबाट यस्तो सम्मान तीन पटक पाइसकेको छ । राष्ट्रियस्तरको विकास बैंकका रुपमा कारोबार गरिरहेको कैलाशले संस्थागत सुशासन, पारदर्शिता, जवाफदेहिता, दिगो बृद्धि, स्तरीय ग्राहक सेवा जस्ता विषयलाई प्राथमिकतामा राख्दै सेवा दिँदै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ । एक अर्ब ५८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकसँग सर्वसाधारणको १५ अर्ब ६ करोड बचत छ भने बैकले १३ अर्ब ५० करोड कर्जा लगानी गरिसकेको छ । बैंकले गत आर्थिक बर्ष ४४ करोड खुद नाफा गरेको छ ।
सगरमाथा फाइनान्सले हकप्रद निष्कासन गर्दै
काठमाडौं । सगरमाथा फाइनान्सले १० सेयर हुनेलाई आठका दरले हकप्रद सेयर दिने भएको छ । सेयर निष्कासनका लागि कम्पनीले एनआइबिएल क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । सगरमाथा फाइनान्सले २९ लाख ५४ हजार ३९० कित्ता सेयर निष्कासन गर्न लागेको हो । निष्कासन सम्बन्धि सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी मनवहादुर राई र एनआइबिएलका महाप्रबन्धक मेखवहादुर थापाले हस्ताक्षर गरेका छन् । सगरमाथा फाइनान्सले गत असार मसान्तसम्म २१ करोड ८४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । कम्पनीले तीन अर्ब १० करोड निक्षेप र दुई अर्ब ६० करोड कर्जा लगानी गरेको छ ।
सानिमा बैंकले ल्यायो ‘मनि म्याक्सिमाइजेसन’ स्किम
काठमाडौं । ग्राहकहरुलाई सुलभ बैंकिङ सेवा अनुभव गराउने उद्देश्यल सानिमा बैंककोे ‘सानिमा मनि म्याक्सिमाइजेसन स्किम’ ल्याएको छ । यो योजनाद्वारा नयाँ तथा हाल रहेका ग्राहकहरुले पायक परेको समयमा कुनैपनि ठाँउमा रहेर ई–एकाउन्ट पोर्टलबाट स्वत बचत खाताबाट मुद्दति खातामा रकमान्तर गर्न बैंकलाई निर्देशन दिन सकिनेछ । यो स्किमसँगै बचत रकममा राम्रो मुनाफा खोजिरहेका ग्राहकहरुलाई फाईदाजनक हुने सानिमा बैंकले जनाएको छ ।
यो योजनामा सहभागी ग्राहकहरुलाई विभिन्न लाभहरु प्राप्त हुने र जस्तै खातामा रहेको अधिक रकम स्वत मुद्दति खातामा ट्रान्सफर हुने, ग्राहकले यस बैकले प्रकाशित गरेको मुद्दति निक्षेप दरमा बढी ब्याजदर पाउने, स्वत नविकरण सेवा तथा मुद्दति निक्षेपलाई बन्द गर्नका लागि सजिलो विकल्प हुने सानिमा बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । ग्राहकहरुलाई थप जानकारी चाहिएको खण्डमा वेबसाइटमा रहेको कनेक्ट अप्सनमा गएर आफ्नो सम्पर्क बिवरण दिन सक्नेछन् । बैंकको कर्मचारीले ग्राहकलाई पायक पर्ने समयमा सम्पर्क गरि खाता खोल्न मदत गर्नेछ । साथै ग्राहकहरुले एसएमएस तथा अन्य सार्वजनिक सञ्जाल (भाइवर, स्काईप, फेसबुक, हृवाट्स्एप) द्वारा पनि बैंकलाई सम्पर्क गर्न सक्नेछन् ।
गुडविलको नाफा १३ करोड १४ लाख
काठमाडौं । गुडविल फाइनान्सले आर्थिक वर्ष २०७२÷७३ मा १३ करोड १४ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । फाइनान्सले अघिल्लो आर्थिक वर्षमा ४ करोड ५ लाख ७२ हजार रुपैयाँ नाफा आर्जन गरे
को थियो । फाइनान्सले आ.व. २०७१÷७२ को तुलनामा ९ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो अवधिमा फाइनान्सले ४१ करोड रुपैयाँ व्याज आम्दानी गरेको छ । फाइनान्सले खरावकर्जा असुलीमा घटाएको छ । गत आ.व.मा बैंकल १ करोड नौ लाख रुपैयाँ राइटब्याक गरेको छ । हाल ३४ करोड ४० लाख ४५ हजार निक्षेप रहेको छ । फाइनान्सको चुक्ता पूँजी ३६ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १८ करोड रुपैंयाँ रहेको छ । फाइनान्सको २८ करोड ४९ लाख रुपैयाँ लगानी रहेको छ ।
एनबी इन्सुरेन्सको हकप्रद सेयर निष्कासन
काठमाडौं । एनबी इन्सुरेन्स कम्पनीको १२ लाख कित्ता हकप्रद सेयर निष्कासन भएको छ । कम्पनीले १० बराबर ८ कित्ताको अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीका लगानीकर्ताले आगामी साउन २३ देखि भदौ २६ सम्म आवेदन दिन सक्नेछन् हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई तोकिएको छ ।
मुक्तिनाथको नाफा बढ्यो
काठमाडौं । मुक्तिनाथ विकास बैंकको गत आवमा खुद मुनाफा रू. ३५ करोड ८८ लाख पुगेको छ । यो अघिल्लो आवको तुलनामा ६४ दशमलव ८९ प्रतिशत बढी हो । कम्पनीको दिर्घकालिन लगानी ११ दशमलव १० प्रतिशत कर्जा तथा सापटी ४७ दशमलव ७५ प्रतिशतले बढेपछि खुद मुनाफा उच्च दरले बढ्न टेवा पुगेको हो । कम्पनीको पछिल्लो समयमा खराब कर्जा रहेको रू.७२ लाख ७३ हजार गत आवमा उठाउन सफल भएको छ ।
सिनर्जी पावरको सेयर निष्कासन
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि साउन १६ गतेबाट साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित दोलखाको गौरीशंकर, खारे, लामावगर, वराङ्ग, वुलुङ्ग र लादुक गाविसवासीका लागि सेयर निष्कासन गर्न लागेको छ ।
प्रभावित गाविसवासीले सात लाख कित्ता सेयरका लागि आवेदन दिन सक्छन् । सेयरका लागि कम्तिमा ५० कित्ता र वढिमा ५ हजार कित्ताका लागि आवेदन दिन पाइने व्यवस्था छ । १०० रुपैयाँ अंकित दरका सेयर वाँडफाँड भएको तीन बर्षसम्म विक्री गर्न पाइने छैन । कम्पनीले सिप्रिङ खोलाबाट १० मेगावाट विद्युत उत्पादन गर्ने अनुमति पाएको छ । कम्पनीको सेयरको निस्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट छ । सेयरका लागि दोलखाको सिंगटीस्थित अरनिको डेभलपमेन्ट बैंक र सिप्रिङ खोला लजविद्युत केन्द्र जगतमा आवेदन दिन सकिन्छ ।
हिमालय एयरलाइन्सद्धारा अमेडियसँग सम्झौता
काठमाडौं । हिमालय एयरलाइन्सले स्तरीय बुकिङ सेवा प्रदान गर्नका लागि अमेडियससँग टिकट वितरण सम्बन्धि सम्झैता गरेको छ । अमेडियस ट्राभल क्षेत्रमा उन्नत प्रविधिको माध्यमद्धारा सेवा प्रदान गर्ने कम्पनी हो । हिमालय एयरलाइन्सले ट्राभल एजेन्टहरुको व्यापक सञ्जाल समेट्न तथा आफ्नो टिकट भाडादर, समय तालिका र उपलब्धता बारे जानकारी लिनका लागि ग्लोबल डिष्ट्रिब्यूसन सिष्टम साझेदारको रुप्मा अमेडियसलाई छनौट गरेको छ । नेपाल–चीनको सँयुक्त लगानीमा सञ्चालित हिमालयले गत जेठ १८ गतेदेखि काठमाडौंबाट दोहामा नियमित उडान भरिरहेको छ ।
निकट भविष्यमा कम्पनीले दिल्ली, ल्हासा, चेंगदू, बेइजिङ, कोलम्बो, बेंैकक, हङकङ र दामाममा उडान भर्न लागेको छ । हिमालय र अमेडियसबी टिकट वितरण सम्झौता हुनु भनेको अमेडियस सम्मद्ध विश्वका कुनै पनि ट्राभल एजेन्सीजहरुमा हिमालयको टिकट भाडादर, सिट र समय तालिका लगायतको पूर्ण विवरण जानकारी उपलब्ध गराउनु हो । सो सम्झौताबारे टिप्पणी गर्दै हिमालय एयरलाइन्स उपाध्यक्ष विजय श्रेष्ठले भने – हिमालय एअरलाइन्सको उज्वल भविश्यका लागि विश्वभरीका यात्रुहरुलाई हाम्रो सेवाहरुको बारेमा सूचना प्रवाह गर्नको लागि ट्राभल एजेन्सी च्यानल अपरिहार्य छ, हामीले अमेडियसलाई ग्लोबल डिष्ट्रिब्यूसन सिस्टम पार्टनरको रुपमा चयन गरेर हामीले राम्रो विकल्प रोजेका छौं, अमेडियसले विविध किसिमको आवश्यकता तथा विशेषता बोकेको ट्राभल एजेन्सीहरुलाई एउटै मञ्चमा ल्याएर काम गर्ने हुँदा हामी उनीहरु सँग काम गर्न निकै उत्साहित छौं ।’
अमेडियस एयरलाइन्स एशिया प्यासिफिकका व्यवसायिक कार्यकारी उपाध्यक्ष हाजिम हुसेनले यस क्षेत्रमा एक नयाँ एअरलाइन्सलाई आफ्नो पार्टनर बनाउन पाउँदा उत्साहित भएको बताए । अमेडियस सिष्टिमद्धारा बुक गर्न मिल्ने ४७४ भन्दा बढी एअरलाइन्सको सूचिमा हिमालय एयरलाइन्स पनि थपिएको छ ।
सिम्रिक एयरलाइन्सको सिमरामा दैनिक दुई उडान
काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी सिम्रिक एयरलाइन्सले गत आइतबारदेखि सिमरा उडान सुरु गरेको छ । एयरलाइन्सले काठमाडौंबाट सिमरामा दैनिक दुईवटा उडान सुरु गरेको छ । सिम्रिक एयरलाइन्सका बजार प्रमुख प्रज्वल थापाका अनुसार वर्षातको समय सुरु भएको र पटक–टिक सडक अवरुद्ध भएका कारण पनि सिम्रिकले सिमरा उडान बढाएको हो ।
हवाई यात्रुको सुविधालाई दृष्टिगत गरेर सिम्रिकले काठमाडौंबाट भरतपुर र तुम्लिङटारमा पनि उडान विस्तारको तयारी गरिरहेको थापाले जानकारी दिएका छन । सिम्रिकले अहिले चारवटा जहाज मार्फत दैनिक रूपमा माउन्टेन फ्लाइट, काठमाडौंबाट पोखरा, भैरहवा, लुक्ला उडान भरिरहेको छ । त्यस्तै, पोखराबाट जोमसोम, नेपालगञ्जबाट सिमिकोट, बाजुरा र जुम्लामा पनि नियमित सेवा दिइरहेको छ ।
जियोनीले नयाँ एफ १०३ प्रो ल्याउँदै
काठमाडौं । जियोनिले जियोनि एफ १०३ को नयाँ संस्करण एफ १०३ प्रो नेपाली बजारमा ल्याउने भएको छ । कम्पनीले १०३ प्रो सेल्फी खिच्न रुचाउनेका लागि लक्षित गरी ल्याइएको जनाएको छ । यो मोबाइललाई कम्पनीले ’सेल्फी मास्टर’ को नामबाट बजारमा ल्याउने तयारी गरेको जनाएको छ । एफ १०३ को तुलनामा एफ १०३ प्रोमा नयाँ फिचरहरु थपिएको छ । यस सेटमा २.५ डी ड्रागन टेल ग्लास रहने छ। पाँच इन्चको एच डी (७२०पी) आइपीएस ईन सेल डिस्प्ले (२९४ पी पी आइ पिक्सेल डेन्सिटी) रहेको कम्पनीले जानकारी दिएको छ ।
बजारमा एफ १०३ प्रो गोल्डेन, सेतो र ग्रे गरि तीन रंगमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। यस मोबाइलमा १३ मेगापिक्सलको फास्ट फोकस रियर क्यामेरा रहेको छ भने पाँच मेगापिक्सलको फ्रन्ट क्यामेरा छ । रियर क्यामरामा टेक्स्ट रिकोगनिशन, टाइम ल्याप्स लगायतका आकर्षक फिचर रहेका छन् । फ्रन्ट क्यामराले मधुरो प्रकाशमा पनि उज्यालो सेल्फिहरु खिच्न सक्ने कम्पनीले जानकारी दिएको छ । एन्ड्रोइडको सबैभन्दा नयाँ संस्करण ६.० मार्शमेलोमा आधारित जियोनिको आफ्नै सफ्टवेर अमिगो ३.२ बाट सञ्चालित यो फोन १.३ गिगाहर्जको क्वाडकोर मेडियाटेक एम टि ६७३५ प्रोसेसरमा आधारित रहेको छ । यस स्मार्ट फोनमा तीन जिबिको ¥याम छ भने १६ जिबिको रोम रहेको छ ।













