मनोविज्ञान विश्लेशन

पेशलकुमार न्यौपाने
एउटै विषयमा पटक पटक घाक्रो सुक्ने गरी पढाई रह्यो, औसत विद्यार्थीहरुले बुझी सके तर केही विद्यार्थीले बुझदै–बुझदैनन् । फेरि पनि बारम्बार पढायो, उही कुरा फेरि पनि आउँदैन । उखानै छ नि –बाह्र वर्ष रामायण पढायो । अन्तिममा विद्यार्थीले सोध्छ ( साँची सीताचाँही कसकी जोही (पत्नी) हुन त ? अब त्यो रामायण पढाएको के अर्थ रह्यो ? हो – यही समस्या कुनै विद्यार्थीमा रह्यो भने उक्त विद्यार्थीको अभिभावक वा शिक्षकले के गर्नु हुन्छ ? त्यो विद्यार्थी पिट्ने वा शारीरिक एवं मानसिक यातना त तपाईले दिइरहनु भएको छैन ? यदि तपाईले यस्तो व्यवहार गरिरहनु भएको छ भने – तपाईले त्यो बालक (विद्यार्थी) लाई मानसिक रोगी बनाई रहनु भएको छ भने आफैले पनि मानसिक रोगी व्यवहार गरी रहनु भएको छ । त्यसकारण त्यस्ता विद्यार्थीलाई सर्वप्रथमतः कुनै शारीरिक एवं मानसिक यातना दिइनु हुदैन ।
कोही विद्यार्थी किन यस्तो अयोग्य हुन सक्छ ? भन्ने प्रश्न स्वभाविक रुपले जन्मन्छ । कुनै विद्यार्थीको सिकाई सम्बन्धी असमर्थता (ीभबचलष्लन म्ष्कबदष्ष्तिष्भक० भएकै कारण औसत विद्यार्थी जो उमेर तथा शिक्षामा समान हुन्छन् तर सिकाईमा कमजोर रहेका हुन्छन् । यस्ता पिछडिएका हुन भने मानसिक दुर्बलता ९ःभलतब िच्भतबचमबतष्यल० भनिन्छ र शैक्षिक उपलब्धीका आधारमा पिछडिएका हुन भने शैक्षिक दुर्बलता ९भ्मगअबतष्यलब िच्भतबचमबतष्यल० भनिन्छ । यदि बालकलाई अनुपयुक्त वातावरण (क्ष्mउचयउभच भ्लखष्चयलmभलत० जस्तैः अति लाडप्यार, बाबु–आमा एवं शिक्षकको बहिष्कार वा हेला ९च्भवभअतष्यल०, घरेलु कलह, निम्न आर्थिक अवस्था, शारीरिक वा मानसिक यातना अविभावक वा शिक्षकबाट पाइरहनु, हौसलाको अभाव रही संधै हतोत्साहीत बनाइरहन, वा तडपाई रहनु, अनुचित एवं भेदभावपूर्ण व्यवहार शारीरिक दोष एवं अपाङ्गता, बालकले आफुलाई हीन भावना राख्नु, रिसाहा आक्रमक बन्नु मनमस्तिष्कबाटै सिक्न कोशिश नगर्नु, मैले सिक्नुपर्छ भन्ने भावना उत्पन्न गराउन नसक्नु, कठिन विषय बस्तु, बालकको उमेर एवं योग्यता भन्दा जटिल स्तरको पाठ्यक्रम रहनु, खराब संगतमा लत लाग्नु, शारीरिक रोगबाट बारम्बार पीडित भई रहनु आदि यसका कारण हुन । त्यसकारण यस्ता समस्याको कारण पत्ता नलगाई समाधानका उपायहरुको खोजी गर्न सकिदैन ।
यसको सुधार कसरी गर्न सकिन्छ ? भन्ने कौतुहल आउनु स्वाभाविक हुन्छ । सामान्यतया सिकाई सम्बन्धी समस्या सबै प्रकारका बुद्धिको प्रयोग हुने अवस्थामा लागू हुन्छ तै पनि सबैभन्दा बढी शैक्षिक संस्थामा प्रष्ट र चाँडै सिकाईको समस्या ९ीभबचलष्लन म्ष्कबदष्ष्तिष्भक० पत्ता लगाइन्छ । यसरी सिकाई सम्बन्धी समस्या थाहा पाएपछि, मैले यो कुरा कसरी जान्ने बनँु ? भन्ने भावना शिक्षक एवं अभिभावकले विद्यार्थीलाई जागृत गराई त्यस किसिमको वातावरणको सृजना गरिदिनुुु पर्छ । मानसिक योग्यता अनुसारको शिक्षाको स्तरमा अध्ययन अध्यापन गराउनु पर्छ । कुनै पनि कुरा घोकेर वा घोकाएर पढाएको भन्दा श्रव्य–दृश्य सहायता ९ब्गमष्य(ख्ष्कगब िब्ष्मक० देखेको सुनेको कुरामा बढी स्मरण रहन्छ । उसको समस्या के हो शारीरिक, मानसिक, वातावरण, प्रावmृतिक रुपमा कमजोर (भ्रुण अवस्थामा हँुदा मातृ स्वास्थ्यमा परेको समस्या आदिको कारणबाट) आदिका विषयमा मनोवज्ञानिक परीक्षण गरी त्यसको उपयोग गरिनु पर्छ, अति तिक्ष्ण बुद्धि, तिक्ष्ण बुद्धि, मध्ययम बुद्धि, साधारण एवं मन्द बुद्धि भएका विद्यार्थीहरुलाई एउटै स्तरको पढाईले समस्या जन्माउँछ । यसका लागि विशेष प्रशिक्षित अध्यापकहरुको जरुरी पर्दछ । अभिभावको धैर्यतापूर्वक पढाई व्यवस्थापन र कुशल अध्यापकको जिम्मेवारीपूर्ण लगनशिलता भए आजको पढाईको कमजोर विद्यार्थी भोलिको तिक्ष्ण विद्यार्थी पनि हुन सक्छ ।













