काठमाडौँ । अशिक्षित र अनपढलाई मन्त्री बनाउँदा न देश विकास हुन्छ न त कर्मचारीहरुले नै मन्त्रीबाट यसो गर्नु प¥यो भन्ने निर्देशन नै पाउन सक्छन । अहिले कृषि मन्त्रालयमा यस्तै हालत छ । अण्डर एसएलसी मन्त्री र कक्षा १० पास गरेकी राज्यमन्त्री हुँदा मन्त्रालयका सचिव उत्तमकुमार भट्टराई र सहसचिव योगेन्द्रकुमार कार्कीले मन्त्री र राज्यमन्त्रीहरुलाई

OLYMPUS DIGITAL CAMERA
फनफनी घुमाउन थालेका छन । अंग्रेजी नजान्ने राज्यमन्त्री र मन्त्री भएपछि सहसचिव र सचिवहरुले अंग्रेजीमा टिप्पणी उठाई मन्त्रीकोमा निर्णयका लागि फाइल पेश गर्न थालेकाले राज्यमन्त्री र मन्त्री प्रस्ताव गरिएका फाइलमा के गर्ने बुझ्न नसकेर रणभुल्लमा पर्दै आएका छन ।
क्रान्ति गर्दा पाखुरा बलिया भएकाले प्रहरी, सुरक्षाकर्मी र नेपाली जनतालाई हिर्काउन, दुःख दिन उत्कृष्ट रहेका कृषि मन्त्री गौरीशंकर चौधरी, राज्यमन्त्री राधा तामाङ अहिले अंग्रेजी भाषा राम्रो नजान्दा फाईल अध्ययन गरि निर्णय गर्न नसक्ने अवस्थामा मन्त्रालय सञ्चालन गर्न पुगेका छन । मन्त्रालयले पेश गरेको दिर्घकालीन कृषि रणनीतिको प्रोजेक्ट प्रेजेन्टेशनमा अंग्रेजीमा प्रस्तुत भएपछि मन्त्री नै कुरा नबुझेर कार्यक्रममा निदाएका थिए । कृषि मन्त्री चौधरीले कर्मचारीलाई अंग्रेजीमा होईन नेपालीमै लेखेर फाइल पेश गर्न निर्देशन दिएपछि कृषि मन्त्रालयमा उपसचिव र सहसचिव कसरी नेपालीमा फाइल तयार गर्ने भनेर अन्यौलमा परेका छन ।
मन्त्रालयमा कार्यरत धेरै शाखा अधिकृत, उपसचिव र सहसचिवहरु अंग्रेजी माध्यममा पढेका र नेपाली भाषामा फाइल तयार गर्न नजान्ने भएकाले कृषि मन्त्रालयका कर्मचारीहरु तनावमा परेका छन । मन्त्रीले अंग्रेजी जान्ने सल्लाहकार राख्न सकेमात्र कृषिमा काम हुन सक्ने कर्मचारीहरुले बताउँदै आएका छन । कृषिमा धेरै उपसचिव र सहसचिव प्राविधिक रहने मन्त्रालय हो । मन्त्रीले फटाफट निर्णय गर्न नसक्दा यस मन्त्रालयका धेरै काम पेण्डिङमा परेका छन । सचिवले ल्याएका फाइलहरुमा सबै ठिक छ, छैन त भनेर सचिवलाई सोध्दै सदर लेख्दै मन्त्री चौधरीले हस्ताक्षर गर्ने गरेका छन । यस मन्त्रालयमा यसवीचमा कुनै नीतिगत काम हुन सकेको छैन ।













