सविता राना, मिस मंगोल प्रतिस्पर्धी, प्रतिस्पर्धी नं १०
प्रतिष्ठित प्रतिस्पर्धा मध्येको एक हो मिस मंगोल प्रतियोगिता । केवल रुपरंग मात्र नभई प्रतिस्पर्धीको हरेक दृष्टिकोण नियालेर उत्कृष्ट छनौट गर्नु यसको विशेषता हो । यसरी प्रतियोगिता विजयी हासिल गर्ने बौद्धिक र सामाजिक रुपमा पूर्ण स्वीकारयोग्य हुन्छन् । यो प्रतियोगिता केवल प्रतिस्पर्धा नभई देशकै शान हो । उत्कृष्टताको प्रतिक हो । मंगोल
समुदायबाटमात्र प्रतिस्पर्धी छानिने यस प्रतियोगिताको आयोजक एक्सन इन्टरटेनमेन्ट हो । मिस मंगोल प्रतियोगिता २०१६ मा एसएलसी पास, १६ देखि २४ उमेर भित्रका उचाई ५ फिटभन्दा माथि भएका युवतीलाई यस प्रतियोगितामा समावेश गरिने भएको छ । कुल २५ जना छनौट भएका मिस मंगोल प्रतिस्पर्धीमध्येकी एक हुन् सविता राना ।
कुनै कुरालाई निडर र कुनै हिचकिचाहटबिना अगाडि राख्न सक्ने, निर्णय क्षमता राम्रो भएकी सविता देख्नमा पनि उत्तिकै राम्री छन् । मेहनती र सामाजिक भावना राख्ने सविताले आ“फुलाई परोपकारी कामले धेरै लोभ्याउने दाबी गर्छिन । सविताका नजरमा मिस मंगोल एउटा प्लाटफर्म हो जसले आउने दिनमा आफ्नो लक्ष्य र इच्छा अनुसारको काम गर्ने सहयोगी भूमिका निर्वाह गर्दछ । यसले आफुले केही गर्न सक्छु है भन्ने आत्मविश्वास दिलाउ“दछ । यही सिलसिलामा सविताले सबै इष्टमित्र, साथीभाई, चिन्ने जान्ने तथा सबैस“ग भोटको आग्रह गरेकी छिन् । उनलाई बिजेता बनाउन mm टाइप गरी स्पेश दिई १० थिचेर ३३००१ मा पठाउन सकिन्छ । यसै सन्दर्भमा सञ्चारकर्मी राम तामाङले मिस मंगोल प्रतिस्पर्धी नं १० सविता रानास“ग गरेको कुराकानी प्रस्तुत गरेका छौ्रं ।
किन मिस मंगोल प्रतियोगितामा भाग लिन आउनु भयो ?
यो एउटा मानिसमा भएको गुण र आचरण मापन गर्ने साधन हो जस्तो लाग्छ मलाई । यो एउटा रंगमञ्च र बाहिरी संसारमा चिनिने एउटा आधार हो । मैले यस प्रतियोगितमा भाग लिएर आ“फुलाई अझ परिपक्व, समाजमा उभिन सक्ने क्षमता बनाउन सक्छु जस्तो लाग्छ । मलाई यस प्रतियोगिताले बाहिरी संसारस“ग प्रतिस्पर्धा गर्ने आत्मविश्वास दिलाउ“छ जस्तो लाग्छ । एक त मनको इच्छा, अर्काे म पनि केही हु“ है भन्ने भावना भएकोले म यसरी प्रतियोगितामा भाग लिन आएकी हु“ ।
यो प्रतियोगिताले कस्तो महत्व राख्छ ?
यसले प्रतियोगितामा एक युवतीको सुन्दरता र रंगरुप मात्र मापन गर्दैन । यसले बोल्ने शैली, साहस, निडरता, परिपक्वता, प्रस्तुति शैली, गुण, आचरणलाई पनि मुख्य आधार मान्दछ । यो प्रतियोगिता एउटा चुनौती हो । सायद यस्ता चुनौतीलाई पार गर्दै मानिसहरु जीवनमा धेरै खुड्किला चढ्न सक्छन जस्तो लाग्छ । त्यसैकारण यो प्रतियोगिता मेरो लागि महत्वपूर्ण छ ।
कस्तो तयारी गर्दै हुनुहुन्छ ?
खासै केही छैन । प्रतियोगिताको बारेमा बुझ्दै छु । अब कसरी अगाडि बढ्ने भन्ने तयारीमा लागिरहेको छु ।
विजयी बन्न के गर्नुपर्ला जस्ता लाग्छ ?
विजयी हुने नहुने कुरा त निर्णायक मण्डलकै हातमा हुन्छ् । वहाहरुको सबैकुराको गहन विश्लेषण पछि मात्रै निष्कर्ष दिनुहुन्छ । तर, मलाई लाग्छ सबैभन्दा ठूलो कुरा भनेको आत्म–विश्वास हो । चाहे तपाई बोल्दा होस् या अन्य काम गर्दा आत्म विश्वास र लगनका साथ गर्नुस् त्यो टाढा हु“दैन ।
प्रतियोगिता जित्नुभयो भने के गर्नुहुन्छ ?
– मैले अगाडि नै भनिसके यो एउटा प्लाटफर्म हो । मेरो मनको इच्छा महिला जागरण हो । म महिलाहरु पनि कमजोर छैनन् भनेर सबैमा चेतना फैलाउन चाहन्छु । यदि यस प्रतियोगितामा सफल भए“ भने मलाई लाग्छ यसले सहयोगात्मक भूमिका खेल्छ ।













