वास्तु तथा ज्योतिषविद ः स्टेफेन (ऋषि) गौतम
९८०३०५४०१५, ज्ञानेश्वर काठमाडौं ३३
वास्तु अनुसार घरमा कोही विरामी छ भने विरामीको कोठा उत्तर पूर्व (ईशान) कोणमा अथवा उत्तर पश्चिम (वायत्य) कोणको कोठामा गर्नु पर्दछ ।
यदि विरामीको कोठा उत्तर पूर्व छ भने शिर पूर्व गरेर सुत्नु गर्नु पर्दछ । कोठामा ऐना छ भने राती सुत्ने बेलामा उक्त ऐनालाई छोप्नु पर्दछ । विरामीको कोठामा नुन पानीले पुछने गर्नु राम्रो हुन्छ । विरामीको कोठामा ५ वा ७ रडको विन्दु चाईम झुन्डयाउनु पनि राम्रो हुन्छ ।
यदि विरामीको कोठा उत्तर पश्चिममा छ भने शिर चाँही दक्षिण गरेर सुत्नु पर्दछ । यस कोठामा ७ वा ९ रडको मेटल विन्ड चाईम राख्नु राम्रो हुन्छ । विरामीको कोठामा कछुवा राख्नु पनि राम्रो हुन्छ । रोग अनुसार निवारणको वास्तु सामान राख्न सकिन्छ । तर पूर्व दक्षिण(आग्नेय) र दक्षिण पश्चिम नैऋत्यमा विरामीहरुलाई कोठामा सुताउनु हुँदैन ।













