चन्द्रकिशोर साह
अस्तीसम्म ओली एण्ड शासक कम्पनी लिमिटेडले ९० प्रतिशत र दुई तिहाइको कुरा गरेर मधेशीले गरेको विशाल र शान्तिपूर्ण आन्दोलनमा मधेशी जनताको हत्या गरियो । नानाथरिको गाली र आरोप लगायो । अनि आज त्यहीं दुई तिहाइले संशोधन गर्न खोज्दा किन रूवाबासी गरेर नृत्य गर्दैछ । यी बाँदरहरूलाई बुझ्नै गार्हो छ । आफू पनि देशमा शान्ति र विकास गर्न चाहदैन र अरूलाई पनि गर्न दिँदैन । यो कस्तो अचम्मको दोहोरो र जोकरको चारित्र हो ?
देशलाई बर्बाद गर्ने कांग्रेस, एमाले, माओवादी पार्टी हो तर अब समयलाई बुझेन भने मधेशलाई बर्बाद गर्ने फोरम, सद्भावना, तमलोपा र अन्य मधेशी पार्टी नै हुने हो ।
अहिलेसम्म नेपाली जनतालाई एकता हुन नदिनका लागि अनेक प्रपन्च रचेर यी शासकहरूले आफ्नो स्वार्थ र पैसाका लागि देशको हित विपरीत बारम्बार सम्झौता गरेर मधेश तराईको स्रोत कृषिलाई लथालिङ पारियो र विभिन्न बहाना बनाएर आफ्नो भरूवाहरूलाई मधेशमा पठाएर आफ्नै प्रहरी प्रसाशनको मदतले शोषण गर्न र मधेशका वातावरण बिगार्न लगाइयो । कोही विखण्डनकारी र देशद्रोही हो भने यी शासकहरू हुन् ।
अब यी शासकहरूको सोच एउटै भए पनि कहिले राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्रको नाममा राजा लगायत काग्रेस, एमाले, माओवादी पार्टी चलाउनेहरूले धेरैजसो पहाडी समुदायलाई भ्रमजालमा पारेर (कतिको सोच नै त्यस्तै होला) आफ्नो हनुमान बनाउन सफल भएकै हो । मदारी जस्तै समय समयमा यी बाँदरहरूलाई आफ्नै देशका मधेशी जनताहरूको विरोधमा नानाथरिको प्रोपोगन्डा रचेर त कहिले भारतको कारण देखाएर यी सबै बाँदरहरूलाई कहिले कांग्रेस त कहिले एमाले त कहिले माओवादी त कहिले यीनिहरू मिलेर उफ्रन लगाउँछ र यी बाँदरहरू पनि जोरसोरले उफ्रिन्छ नै । अवाज उठाउने अवश्यकता थियो । जनताबाट प्रत्यक्ष राष्ट्रपति, प्रधानमन्त्री चुन्ने अधिकार सुनिश्चित होस् । देशको हरेक समुदायको पहिचान अपनत्व र अधिकार सुनिश्चित होस् । सांसद मन्त्री बन्नका लागि शैक्षिक योग्यताको मापदण्ड होस् त्यस्ता अन्य मुद्दाहरू । तर, यस्ता कुरा नगरेर अहिले बुटबलमा बाँदरहरू पहिला र अहिले पनि आफ्ना मदारिको आवाजमा नै उफ्री रहेको नमुना ताजा हो ।
यी कुराहरू हेर्दा यिनीहरूको शत्रुता भारतसँग नभएर मधेशीसँग नै राखेछ । मधेशीले यदी आफ्नो प्रदेश र समान समावेशिको अधिकार पायो भने हामी मधेशी माथी शासन र शोषण गर्न पाउँदैन । मधेशीले आफै आफ्नो प्रदेश चलाएर आत्मनिर्भर हुँदै जान्छ र शासकले जुन २०० साल देखी सबै जनतालाई एक आपसमा लडाएर शासन गर्दै आएको छ त्यसको भन्डाफोर नहोस् भन्ने डरले यस्ता प्रोपोगन्डा गर्दै रहन्छ ।
पहिलो कुरा ः यदी भारत शत्रु छ भने त्यो भन्दा पहिला ती नेताहरू नेपाली जनताको ठुलो शत्रु हो । जसले विभिन्न खाले असमान सन्धि र सम्झौता गरेका छन् । पहिला ती नेताहरूको विरोधमा आवाज उठाउनु अवश्यकता हो । त्यस्ता असमान सन्धी र सम्झौता खारिज गराउन ती नेता शासकहरूलाई दबाब दिनु जरूरी हो ।
दोस्रो कुरा ः यदी भारत साचिकै शत्रु हो भने तिम्रै कित्ताका शासकहरू भारत सामु किन लम्पसार हुन्छन् ? साथै मधेशी आफ्नो नभएर भुटान र भारतका पहाडिहरू कसरी तिम्रो आफ्नो भयो ? कुन राष्ट्रियताले ? भारतमा कुनै प्रतियोगिता हुँदा अनलाईनमा भोट हाल्न कैम्पेन नै नेपालामा किन चलाउनु पर्छ ? भारतमा नै श्रम बेच्न किन जानु पर्ने ? कही नेपालका भू–भागलाई तिमीहरूका शासक अर्को आसाम र गोर्खालैन्ड त बनाउन चाही रहेको छैन ?
तेस्रो कुरा ः भारतलाई शत्रु पनि मान्ने, मधेशी हिन्दी बोल्यो भन्ने नानाथरिको आरोप लगाउने तर आफ्नो मुटु मस्तिकमा घरदेखि बाहिरसम्म हिन्दीमा नै रमाउने (फिल्म हेर्नु पर्दा हिन्दी, सिरियल हेर्नु पर्दा हिन्दी, कमेडी हेर्नु पर्दा हिन्दी, मोवाइल मा संगीत र रिङ्गटोन पनि हिन्दी नै), यस्तो हुँदा हुँदै पनि मधेशीका लागी भाषाको इसु किन बनाएको ? यही हो रास्ट्रीयता ? यो त अन्ध र मुर्ख राष्ट्रियता हो ।
कति मधेशी हिन्दी बोल्छ त्यसको कारण हो मेरो बिचारमा (पुरा मधेशको कुरा छोडौ अहिले शासकले आफु खुशी बनाएको प्रदेश नम्ब र २ को कुरा मात्र गर्यो त भने त्यहाँ धेरै भाषा बोलिन्छ ( मैथलि, ठेठ मैथलि, भोजपुरि, नेपाली, हिन्दी र अन्य ।
यहाँ नेपाली भाषा शिक्षितले मात्र बोल्न सक्छ । त्यसमा पनि ९० प्रतिसता असुद्ध बोल्छ । त्यसमा म पनि पर्छु । तर हिन्दी शिक्षित र अशिक्षितले सबले बुझ्छ । त्यसको एउटै कारण हो मधेशमा बोल्ने सब भाषाहरूलाई बुझ्न मदत गर्छ ।
चौथो कुरा ः संविधान जारी गर्ने बेलामा पनि शासकहरू नै विखण्डनको सोछ बोकेर विज्ञहरूले दिएको प्रदेश सीमांकन वास्ता नगरी सप्तरीदेखि पर्सासम्मको प्रदेश नं २ बनायो । संविधान जारी गर्दा कही पनि पार्टीमा ह्वीप जारी नहुने नेपालमा भयो । सप्तरीदेखि पर्सासम्मको जिल्लाहरूको एउटा प्रदेश बनाउन हुने तर अर्को प्रदेश बनाउँदा विखण्डन देख्ने, झापा, सुनसरी, मोरङ, कैलाली, कंचनपुर, मकवानपुर, चितवन, सिन्धुली, उदयपुर जस्ता जिल्लाहरूमा मधेशीहरू भन्दा गैरमधेशीको संख्या बढ़ी भएकै कारण ती जिल्लाहरू मधेशमा मिलाउन नहुने तर्क । यी सबै प्रमाण हुनकि नश्लवाद सोच कतिसम्म राखेको छ ।
आफूलाई राष्ट्रिय पार्टी भन्ने नश्लवाद पार्टीहरूका मधेशी सांसदहरू ती शासकहरूका ह्वीपको खेलमा फस्यो । कहिलेसम्म ती मधेशी सांसदहरू लाज नगरि ह्वीपको खेल नै खेल्ने हो । अब त मधेशीसँग गरेको धोका सच्याउनेतिर लागोस् ।
संविधान जारी गर्ने बेलाको उच्श्रृंखलता, मधेशमा भएको आन्दोलन प्रतिको जंगली व्यवहार, मधेशको मुद्दा उठ्दा प्रायोजित अखण्ड आन्दोलनको नाममा वितण्डा, राष्ट्रवादी कहलिएका नेताहरूको बोली बानी बेहोरा, राष्ट्रवादी भनिने मीडियाको भड्काउ एवं जातिवादी समाचार एवं सम्पादकीयले प्रस्ट छ कि यिनीहरू पनि ती शोषक र शासकहरूका लागि जनातालाई भ्रमित र उत्तेजित गर्ने अनलाईन र कम्पनी लिमिटेडका सदस्य नै हो । यी मिडियाहरू ती पार्टी र शासकहरूका अफिसियल मेडियामा सीमित छ ।
यस्ता धेरै कुराहरू छन् जसले यो देखाउँछ कि यी शासकहरूले जनता जनतामा भीडन्त गराएर देशमा शान्ति र विकास चाहेको छैन ।
मधेशी पार्टीका धेरैजसो पार्टी र नेताहरू आफै आफैमा खुट्टा तानातान र समय समयमा कुर्सीमोह र उचित अडानको कमीले मधेश र मधेशीका मागहरू पुरा हुन सकेको छैन । मधेशी जनतासँग धोका भएकै हो तर यो कुरा पनि सत्य हो कि आज मधेशी पार्टी र जनताको कारणले आज देशमा शोषणमा परेका सम्पूर्ण समुदाय जागरूक हुँदै गैरहेको छ ।
अहिलेको परिस्थितिमा पहिलाको कमी कमजोरीलाई सच्याउदै सम्पूर्ण मधेशी पार्टी र अधिकारको लडाइमा साथ भएका अन्य पार्टीहरू एक भएर पुरा गर्नु जरूरी छ । मधेशी पार्टीहरू एकले अर्काको कार्यकर्ता भित्र्याउनु भन्दा सब एकजुट भएर पार्टी एकिकरण तिर लाग्नु पर्ने हो ।
जुन मान्छे मधेश र मधेशी जनता प्रती भ्रमित छ तीनिहरू मधेशमा गएर हेरौ मधेशी जनता के चाहन्छ । मधेशी जनता स्वालाम्वी हो, झागडा भन्दा पनि मिलेर आफ्नो स्तुत्वमा बस्न चाहन्छ । नस्लवाद शासक र तीनिहरूको जमातले मधेशीलाई अहिले सम्म अवहेलना गर्दै आएछ । अहिले पनि समय छ मधेशी जनताको भावना बुझोस् र बेतुके बिरोध र अपहेलना गर्न छोडेर सबै समुदाइको अधिकार सुनिश्चित गरौ र नेपाल लाई समृद्ध , सम्पन र आत्मनिर्भर भएर सबा मिलेर विकास गर्न तिर लागौ । यदी अहिले पनि बुझेन भने मधेश स्वत्रन्त्र हुन कुनै शक्ति रोकन सक्दैन त्यो अन्तिम विकल्प मधेशी जनाता रोजने नै हो । र मधेशी मोर्चाको पनि यो अन्तिम विकल्प रोजनै पर्ने बाध्यता हुन्छ । (मधेश दर्पण फिचर सेवा)











