काठमाडौं । सशस्त्र प्रहरी बलका आईजीपी दुर्जकुमार राईले आगामी फागुन २ गते अवकास पाउने भएपछि बलको भावी आईजीपी बन्न सिनियर देखि जुनियर एआईजीसम्म शक्तिकेन्द्र, गृहमन्त्री र प्रधानमन्त्रीको निवाससम्म दौडधुप गर्न थालेका छन् । सशस्त्रको वरिष्ठ एआईजीको १ नम्बरमा कृष्णकुमार तामाङ, २ नं. मा सिंहबहादुर श्रेष्ठ, ३ नं. मा प्रेमकुमार शाही, ४ नं. मा प्रकाशकुमार ओझा, ५ नं.मा शैलेन्द्र खनाल र ६ नं. मा जीतबहादुर पुन रहेका छन् । १ नम्बरमा रहेका तामाङ आगामी माघ महिनामै अनिवार्य अवकास हुँदैछन ।![]()
त्यसपछि १ नम्बरका एआईजी श्रेष्ठ बन्नेछन । सशस्त्रको भावी आईजीपी वरिष्ठता र कार्य सम्पादन, मूल्यांकनका आधारमा एआईजी सिंहबहादुर श्रेष्ठ बन्ने पक्का छ तर उनलाई आईजीपी हुन नदिन विभिन्न शक्ति केन्द्र धाउँदै एआईजी शाही र ओझा चलखेल र दौडधुपमा लागेका छन् । केपी शर्मा ओली प्रधानमन्त्री रहेको भए मेरो आईजीपी हुने निश्चित थियो भन्दै झापा निवासी एआईजी ओझा हिड्ने गरेका छन् । शाही भने ठकुरी बाबु साहेवको नाता जोड्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मार्फत आईजीपी बन्न चाकरीमा दौडिरहेका छन् । सशस्त्रमा अहिलेसम्म वरिष्ठता र जेष्ठताकै आधारमा आईजीपी नियुक्ती हुँदै आएकाले एआईजी श्रेष्ठ नै भावी आईजीपी बन्ने निश्चित छ । उनी आईजीपी भए भने करिव १३ महिना सशस्त्र प्रहरी बलको नेतृत्व गर्न पाउने छन । माओवादी लडाकुको समायोजन समितिमा रहेर पूर्व लडाकुको भरणपोषण र समायोजन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका, बराह बाहिनी पकौलीको प्रमुख भई पूर्वाञ्चलको शान्ति सुरक्षा र अमन चयन कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका, मानव श्रोत र प्रशासन विभाग प्रमुख भएर काम गरि सकेका र कुनै विवाद र अनियमिततामा समेत नपरेका अत्यन्तै इमान्दार, क्षमता र दक्षता भएका, आफ्नो कर्तव्य र जिम्मेवारी प्रति बफादार सिंहबहादुर श्रेष्ठलाई बलको भावी आईजीपी बनाउँदा नै विगतमा वन्त र राईको कार्यकालमा खस्किएको बलको खास र गरिमा बढ्ने सशस्त्र प्रहरी वल र गृह मन्त्रालयका उच्च अधिकारीहरुको विश्लेषण रहेको छ । बलमा रोकिएको बढुवा र सरुवा प्रकृयाले पनि निरन्तरता पाउने, योग्य र क्षमतावान अधिकारीहरुले आफ्नो क्षमता र दक्षता अनुसारको जिम्मेवारी पाउन सक्ने सशस्त्र प्रहरी बल स्रोतले बताएको छ । त्यसैले सरकारले बलमा राजनीतिक हस्तक्षेप नगरि जेष्ठताका आधारमा श्रेष्ठलाई नै आईजीपी बनाउनु पर्ने बलका अधिकारीहरुले बताउँदै आएका छन् ।













