पोखरा । जनप्रिय क्याम्पस मानवीकी संकाय स्नातक तह तेस्रो वर्ष अन्तर्गत आमसञ्चार तथा पत्रकारिता विषयमा अध्ययनरत्त विद्यार्थीहरुको पाँच दिने कार्यमुलक नेपाली पत्रकारिता अनुशिक्षण कार्यक्रम हालै सम्पन्न गरिएको छ । कार्यक्रममा विद्यार्थीहरुलाई प्रशिक्षण दिँदै बोडकास्टिङ एशोसिएसन नेपालका उपाध्यक्ष तथा रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेलले पत्रकारिता क्षेत्रमा लाग्ने विद्यार्थीहरुले सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक ज्ञान सिक्नुपर्नेमा जोड दिंदै नेपालमा छापा, टेलिभिजन, रेडियो र अनलाइन पत्रकारिताको रिर्पोटिङ र यसको महत्वको बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।
क्याम्पस प्रमुख विरेनजी गौतमले पढेका कुरालाई व्यवहारमा लागु गर्न विद्यार्थीलाई आग्रह गरेका थिए । सामाजिक शिक्षा विभागका प्रमुख एवम् प्रशिक्षक वेदहरि तिम्लिसिनाले पोखराको आमसञ्चार जगतमा आवश्यक पर्ने जनशक्ति यस क्याम्पसबाट परिपुक्ति गर्न क्याम्पस प्रशासन दृढ रहेको बताएका थिए ।












