काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले तनहुँ जिल्ला स्थित भानु नगरपालिका चन्द्रावती सतिस्वाँरा वडा नं २ मा शाखा कार्यालय खोली आफ्नो सेवा विस्तार गर्न लागेको छ । यसै क्रममा बैंकले उक्त भेगका चन्द्रावती उच्च माध्यमिक विद्यालय र अरनिको उच्च माध्यमिक विद्यालयमा बैकिंङ्ग साक्षरता कार्यक्रमको सञ्चालन गरेको छ । उक्त कार्यक्रममा माध्यमिक, उच्च माध्यमिक तथा स्नातक तहका विद्यार्थीहरुलाई बैकिंङ्ग साक्षरता सम्बन्धी समसामायिक ज्ञान दिइएको छ । यस कार्यक्रमले सेवाग्राहीहरुलाई बैकिंङ्ग तथा वित्तीय संस्थाका प्रकार, बचत गर्ने बानी र बचत गर्दाको लाभ, आर्थिक कारोबार, एटिएम कार्डको सदुपयोग, रेमिट्यान्स, आदिका बारेमा जानकारी दिइएको छ ।
भिबोर सोसाइटीको द्वारा वित्तीय साक्षरता कार्यक्रम
Posted By Admin On 07 Jul 2017. Under आर्थिक समाचार
Comments are closed.













