काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाण्डौँको पर्यटकीय नगरी ठमेलमा नयाँ एटिएम सेवा थप गरेको छ । ठमेल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले ठमेलको सातघुम्ती स्थित होटल गरुडामा रहेको एटिएम ीयगलनभ बाट एटिएम सेवा सुरु गरेको छ । नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या ११६ पुगेको छ । सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्यले ग्लोबल आइएमई बैंकले ११२ वटा शाखा ५ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर, ११६ वटा एटिएम, ४६ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ७ लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ । ![]()
ग्लोबल आइएमईको ठमेलमा नयाँ एटिएम सेवा
Posted By Admin On 19 Aug 2017. Under आर्थिक समाचार
Comments are closed.













