काठमाडौं । सरकारले राष्ट्रिय जनता पार्टीको माग सम्वोधन गर्न भदौ ४ गते व्यवस्थापिका संसदमा विचाराधिन रहेको दोस्रो संविधान संशोधन विधेयकमा परेका संशोधन प्रस्ताव निर्णयार्थ पेश गरि भोटिङमा जाने तयारी गरेको छ । गत मंगलबार नै संशोधन निर्णयार्थ पेश गर्ने तयारी गरेको भएपनि गराई मधेसमा अविरल वर्षसंगै ठुलो जनधनको क्षति भएको र सत्तारुढ तथा विपक्षी दलका सांसदहरु उद्धार र राहतका लागि बाढी प्रभावित जिल्लामा खटिएका कारण उद्धार र राहतको काममा केही समय लागेर मात्र संशोधन पेश गर्ने मिति तय गर्न सरकार र सभामुख ओनसरी घर्ती मगर लागेका छन ।
गत आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र राजपा अध्यक्ष महन्थ ठाकुर बीच मंगलबार संविधान संशोधन विद्येयक निर्णयार्थ पेश गर्ने सहमित भएको थियो तर बाढी र डुवानले तराई मधेसमा ठूलो जनधनको क्षति भएपछि सांसदहरु बाढी प्रभावित क्षेत्रमा गई उद्धार र राहतको कार्यमा जुटिरहेका छन् । सांसदहरुलाई शुक्रबार सम्ममा काठमाडौं बोलाएर विद्येयक टेबुल गरि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले बताएका छन् । प्रधानमन्त्री भारत भ्रमणमा जानु अघि संविधान संशोधन गर्ने गरि गत बुधबार संसदमा विद्येयक पेश गरेर दफावार छलफल शुरु गर्न लागिएको छ । संम्भवत आगामी आइतबार विद्येयकमा भोटिङ हुनेछ ।
संविधान संशोधन गर्न राप्रपा (प्रजातान्त्रिक) साना दल, सत्तारुढ दल बीच सहमति भैसकेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेमकिपा, नेकपा माले, राष्ट्रिय जनमोर्चा जस्ता दलहरु संविधान संशोधन गर्ने पक्षमा छैनन् । तत्काल संसदको अंक गणितमा संविधान संशोधनका पक्षमा ३९६ मत हुनु पर्दछ तर सत्तारुढ दलसँग अहिले ३८६ मत देखिएको छ । दुई तिहाई मत पु¥याउन १० मत बाँकी रहेको छ ।
विपक्षी गठबन्धनसँग २ सय मत छन् । नेकपा एमालेका तराई–मधेसका जिल्लाका सांसदहरुलाई नै क्रस मत गराउने, नेकपा मालेका सांसद खरिद गर्ने, राप्रपाका सांसद ५ जनालाई सत्तापक्षमा ल्याउने गरि संविधान संशोधनको तयारी भैरहेको छ ।
मन्त्री पद खोज्नेलाई मन्त्री र राज्यमन्त्री ४–४ जना बनाउने, मन्त्री नखोज्नेलाई राम्रो चुनाव खर्च दिएर संविधान संशोधनका पक्षमा प्रभावित पार्ने चलखेल यसै साताबाट भएको छ । साना दलका नेतालाई भारतीय दुतावासले समेत संविधान संशोधनका पक्षमा मतदान गर्न दबाव दिइरहेको बुझिन आएको छ । प्रधानमन्त्री देउवा भदौ ७ संविधान संशोधन गरेर भारत भ्रमणमा जाने तयारीमा छन् । त्यसो गर्दा भारत खुशी हुने र आफ्नो सत्ता आयु लम्ब्याउने देउवाको योजना रहेको छ ।
संविधान संशोधन गरिने
Posted By Admin On 19 Aug 2017. Under मुख्य समाचार
Comments are closed.













