काठमाडौं । खानेपानी मन्त्री विना मगरले मन्त्रालयका कर्मचारीहरुलाई तलव खाएपछि जनताको सेवामा समर्पित हुन आव्हान गरेकी छन् । जनताको सेवामा अबरोध पु¥याउने हरेक अप्ठ्यारा तोडिनु पर्ने भन्दै मन्त्री मगरले कर्मचारीहरु जनताको सेवामा केन्द्रित हुनुपर्ने बताएकी हुन । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १३ औं वार्षिकोत्सव समारोहलाई गत वैशाख ५ गते सम्बोधन गर्दै मन्त्री मगरले जनताका अपेक्षाहरु पूरा गर्ने बताउँदै देशले अहिले विगतको भन्दा फरक भूमिका मागेको छ । सिस्टम, पद्दति, अनुहार त्यही होलान, तर हाम्रो भूमिका फरक हुनुपर्छ हामीले नयाँ ढंगले प्रस्तुत हुन तयार हुनुप¥यो । सरकार र मन्त्रालय प्रति जनताले गरेका अपेक्षा हरहालतमा पूरा गर्नुप¥यो । जनताको मौलिक अधिकारको रुपमा रहेको स्वच्छ खानेपानीको व्यवस्थापनका लागि मन्त्रालयको टिमले सामुहिक रुपमा लाग्नुपर्ने बताएकी छिन । विकसित र समृद्ध नेपालको पहिलो आधार खानेपानी र सरसफाइ हो । यसको जिम्मेवारी हामीले लिएका छौं, मन्त्री मगरले अहिले हरेक जनताले मन्त्रालयलाई, तपाईंहरुलाई, मलाई हेरिरहेका छन, मौलिक अधिकार सरकारले पूरा गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न हामीमा तेर्सिएको छ । मन्त्रालयका कामकारवाही सञ्चालनका क्रममा आउने हरेक समस्यालाई सहजीकरण गर्न आफू प्रतिवद्ध रहेको मन्त्री मगरले बताइन् । ‘अहिलेको सरकार हिजोको जस्तो सरकार होइन, जनताको म्यान्डेड प्राप्त सरकार हो । यही अनुसार जनताले अपेक्षा गरेका छन् । खानेपानी मन्त्रालयले खानेपानी समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने भनाइ मन्त्री मगरको रहेको छ । बोर्डको १३ औं वार्षिकोत्सव समारोहमा मन्त्री मगरले भैसेपाटीस्थित काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको नवनिर्मित भवनको उदघाटन समेत गरेकी छन् । उक्त कार्यक्र बोर्डका अध्यक्ष तेजराज भट्टको सभापतित्वमा भएको थियो । 
कर्मचारी जनताको सेवामा केन्द्रीत हुनुपर्ने
Posted By Admin On 20 Apr 2018. Under सक्षिप्त समाचार
Comments are closed.












