धरान । धरानमा निर्माणाधीन धरान खानेपानी आयोजनाको काममा ढिलासुस्ती भएको धरान खानेपानी आयोजना अनुगमन समितिका संयोजक सुजेन्द्र गोलेले बताएका छन् । गत जुलाई २०१७ मा सम्पन्न हुनुपर्ने आयोजना ९ महिना वितिसक्दा पनि सम्पन्न हुन नसकेको भन्दै यसमा आयोजना प्रमुख राजु पोखरेल र परामर्शदाता अनिल नेपालको कम्जोरी र लापारवाही भएको बताएका छन् । स्थानीय तहको निर्वाचन अघिसम्म सन्तोषजनक ढंगले निर्माण कार्य भईरहेको भएतापनि जनप्रतिनिधि निर्वाचित भई आाएपछि आयोजनाले अनुगमन समितिलाई नै वेवास्ता गर्न थालेको उनले आरोप लगाएका छन् । जनप्रतिनिधिले कार्यभार सम्हाले लगत्तै बैठक बोलाउन आग्रह गरेपनि आनाकानी गरी धेरै पछि अनुगमन समितिका सल्लाहकारहरुलाई मात्र बोलाएर न्यून उपस्थिति भयो भन्दै स्थगित गरेको र त्यसपछि कुनै पहल नगरेको समेत उनले आरोप लगाए थिए ।
पटक पटक बैठक र अनुगमनको वातावरण बनाउन आयोजना प्रमुखलाई भनिएता पनि मेयरलाई सोधेर भन्छु भन्दै आलटाल गर्ने गरेको संयोजक गोलेले बताए । यो महिना र त्यो महिनाभित्र पांचकन्या सिष्टम बाहेकका सिष्टमहरुवाट पानी वितरण शुरु हुने भन्दै झुक्काउने गरेको र पछिल्लो समय चैत्र तेश्रो हप्तावाट वितरण हुने बताइए पनि हालसम्म नभएकाले यसरी नै जनतालाई झुक्याइ रहने हो भने आयोजना प्रमुख र परामर्शदाताको विरुद्धमा उत्रनुको विकल्प नरहेको पनि संयोजक गोलेले बताए । ढिलो हुनको कारण र र सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिसंग भएको ११ बुंदे सम्झौताको कार्यान्वयनको अवस्थाबारे स्पष्ट पार्न माग समेत गरेका छन् ।
स्थानीय तहको निर्वाचन अघि भएका आयोजनाको निर्माण कार्यहरुको अनुगमन प्रभावकारी ढंगले भएको तर निर्वाचन पछि आयोजनाले समन्वय र सहकार्य नगरेका कारण अनुगमन हुन नसकेको बताउंदै यस्तै अवस्था विद्यमान रहे आयोजनाको निर्माण पक्ष, प्राविधिक पक्ष, आर्थिक पक्ष र खरिद पक्षको हस्तक्षेपकारी ढंगले अनुगमन गर्नु पर्ने आवश्यकता रहेको संयोजक गोलेले बताएका छन् । आयोजना प्रति स्थानीय राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, र सरोकारवालाहरुलाई पनि विशेष ध्यान उनले आग्रह गरेका छन् ।
एकिकृत सहरी विकास कार्यक्रम अन्तर्गत एशियाली विकास बैंकको ३५% क्रृण तथा २६% अनुदान, नेपाल सरकारको २४% अनुदान र धरान नगरपालिकाको १५% गरी कूल १ करोड ४८ लाख लगानीमा निर्माणाधीन धरान खानेपानी आयोजनाको निर्माण कार्य जुलाई २०१५ बाट शुरु भई जुलाई २०१७ मा सम्पन्न गर्ने गरी ठेकेदार टियानजीन तुन्दी जोइन्ट भेन्चरलाई ठेक्का दिइएको थियो ।
धरान खानेपानी आयोजनाको काममा ढिलासुस्ती
Posted By Admin On 20 Apr 2018. Under सक्षिप्त समाचार
Comments are closed.












