काठमाडौं । आइवोस ग्लोवल मार्केटिङ प्रा.लि कम्पनीको नामबाट अनलाईन ब्यबसाय तथा बिभिन्न माध्यमबाट सर्वसाधरणलाई सदस्य बनाउने भन्दै नेटवर्क व्यवसायको नाममा गैरकानुनी तवरले सदस्यता बापत ठूलो रकम लिई नेटवर्कमा आवद्ध गराई पिरामिड संरचनामा सदस्यहरुलाई ठगी गरेको कसुरमा पक्राउ परेका ७ जना उपर ठगी कानुन बमोजिम प्रहरीले अनुसन्धान कारवाही अगाडि बढाएको छ ।
कारबाही अगाडि बढाइएका व्यक्तिहरुमा उक्त कम्पनीका सञ्चालक काठमाडौं धुम्बाराहीका राजकुमार दंगाल तथा सदस्य बनाउनेहरु भक्तपुरका नारायण सिवाकोटी, जोरपाटीका भक्तबहादुर नेपाली, जोरपाटीकै रविन नेपाली, चावहिलका प्रदीप राई, ललितपुरका तिर्सना सुनुवार र चावहिलका पूर्णबहादुर श्रेष्ठ छन् ।
नेटवर्कबाट उक्त कार्य भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले काठमाडौंको चुच्चेपाटीस्थित उक्त कम्पनीको केन्द्रीय कार्यालयबाट ६६ जनालाई गत मंगलबार नियन्त्रणमा लिएकोमा प्रारम्भिक छानविन पश्चात ७ जना सक्रिय ब्यक्ति उपर ठगी कानुन बमोजिम अनुसन्धान कारवाही अगाडि बढाइएको जनाएको छ ।
अवैध नेटवर्क व्यवसायको नाममा ठगी गर्नेहरु पक्राउ
Posted By Admin On 20 Apr 2018. Under विविध समाचार
Comments are closed.













