काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीले नेपालका बागमती, लालबकैया र कमला नदीहरुमा नदी तालिम तथा तटबन्ध निर्माणका लागि भारतको योगदान स्वरुप उर्जा, जलस्रोत मन्त्री वर्षमान पुनको उपस्थितिमा उर्जा, जलस्रोत मन्त्रालयका सचिव डा.सञ्जय शर्मालाई १८०.७४ मिलियनको चेक हस्तान्तरण गरेकोे छ । नदी तालिम तथा तटबन्ध निर्माण कार्यले लालबकैया, बागमती र कमला नदीमा बाढी नियन्त्रण र जलस्रोत व्यवस्थापन गर्ने लक्ष्य राख्दछ जसले यी नदी प्रभावित क्षेत्रमा बसोबास गर्ने लाखौँ जनतालाई लाभ पु¥याउने छ ।
सो रकमको हस्तान्तरणसँगै भारत सरकारले नेपाललाई सन् २००८ देखि हालसम्म नदी तालिम र तटबन्धका लागि १३ किस्ता प्रदान गरिसकेको छ जसको कुल रकम ४.६८ बिलियन रहेको छ ।
भारतद्वारा अनुदान प्रदान
Posted By Admin On 19 May 2018. Under सक्षिप्त समाचार
Comments are closed.












