काठमाडौं । लुम्विनी विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा कपिलवस्तुको गजेहडा, सप्तरीको रुपनी तथा जनकपुरको लोहारपट्टीमा एकैदिन ३ वटा शाखाहरुको औपचारिकरुपमा उद्घाटन गरेको छ । प्रदेश छ अन्र्तगत कपिलवस्तुको गजेहडा शाखाको बैंकका सञ्चालक चिन्तामणी भट्टराईले उद्घाटन गरेका थिए । सञ्चालक भट्टराईले बैंकले आगामी दिनमा प्रतिस्पर्धात्मक रुपमा आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने साथै नेपाल सरकारको हरेक नेपालीको बैंक खाता खोल्ने नीति वमोजिम ग्रामिण भेगमा समेत शाखा विस्तार गर्दै जाने बताए । बैंकका बरिष्ठ प्रबन्धक दिपक खनालले बैंकवाट उपलव्ध सेवा सुविधाहरुको सम्बन्धमा स्पष्ट पार्नुभएको थियो .
त्यस्तै प्रदेश २ अन्र्तगत सप्तरी जिल्लाको रुपनी शाखा तथा महोत्तरी जिल्लाको लोहारपट्टी शाखाको बैंकका सञ्चालक गणेशराज रेग्मीले उद्घाटन गर्दै बैंकले ग्रामिण क्षेत्रमा स–साना परियोजनाहरुको विकासमा आर्थिक सहयोग गरी जनताको जिवनस्तर सुधारमा सक्दो सहयोग गर्नेे बताए बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तिलकप्रसाद पाण्डेयले बैंकवाट उपलव्ध सेवा सुविधाहरुको सम्बन्धमा स्पष्ट पारेका थिए ।
बैंकको मुलुकका विभिन्न भागमा रहेका ६३ शाखा सञ्जालहरु तथा १२ एटिएम मार्फत विभिन्न निक्षेप तथा कर्जा सुविधाका साथै VISA ATM, ABBS,SMS Banking, Mobile Banking, C-ASBA लगायतका सम्पर्ण आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 
लुम्विनी विकास बैंकका एकैदिन ३ शाखा
Posted By Admin On 25 May 2018. Under आर्थिक समाचार
Comments are closed.













