काठमाडौं/ डाबर नेपालको उत्पादन रियल फ्रुट जुसले विद्यालयका बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि सञ्चालन गर्दै आएको रियल स्कुल अफ नेपाल– २०१२ प्रतियोगिताको चौथो क्षेत्रीय फाइनल भक्तपुरस्थित हरमन माइनर उच्चमाविमा सम्पन्न भएको छ ।
३२ विद्यालय सहभागी प्रतियोगितामा मध्यमाञ्चल क्षेत्र–२ मा सैनिक आवासीय महाविद्यालय विजयी भएको छ ।
प्रतियोगितामा विजयी संसार गुरुङ, राजेन्द्र थगुना, निशा गिरी, सलिना खड्का, रोनिकार खड्का र राजेश दहाल विजयी भएका थिए । विजयी विद्यालयले काठमाडौंमा हुने अन्तिम चरणको प्रतियोगितामा रियल स्कुल अफ नेपाल बन्न अरू क्षेत्रीय विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।
कम्पनीले पूर्वाञ्चल, पश्चिमाञ्चल र मध्यमाञ्चल क्षेत्र १ को क्षेत्रीय फाइनल प्रतिस्पर्धाको समापन गरिसकेको छ भने अन्तिम क्षेत्रीय फाइनल प्रतिस्पर्धा मध्यमाञ्चल क्षेत्र ३ का लागि ३१ भदौ ०६९ मा हुनेछ ।













