
काठमाडौँ । शाखा विस्तारलाई तीव्रता दिने क्रममा मेगा बैंक नेपाल लिमिटेडले १६ जेठ गते थप दुई वटा शाखा विस्तार गरेको छ । सिरहाको लहान नगरपालिका र गोरखाको भिमसेन थापा गाउँपालिकामा मेगा बैंक नेपाल लिमिटेडले शाखा विस्तार गरेको छ । मेगा बैंकले दुई साताको अवधिमा १० वटा नयाँ शाखा विस्तार गरेको थियो । बैंकिङ पहुँच भन्दा बाहिर रहेका नेपालीहरुलाई ‘हलोदेखि हाइड्रोसम्म’को सेवा पु¥याउने उद्देश्यले मेगा बैंकले ग्रामीण भेगमा शाखा विस्तारलाई तिव्रता दिएको छ । यो सँगै देशभर मेगा बैंकको शाखा कार्यालय अव ९३ पुगेको छ । मेगा बैंकका ८ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा बढी मेगा रेमिट एजेण्ट रहेका छन् ।
लहान र भिमसेन थापा गाउँपालिकामा मेगा बैंक
Posted By Admin On 01 Jun 2018. Under आर्थिक समाचार
Comments are closed.













