काठमाडौं । सशस्त्र प्रहरी वलका ७ जना एआईजीहरु जिम्मेवारी नपाएर पेण्डुलम बनि विना काम तलव, भत्ता, गाडी र वडिगार्ड सुविधा लिएर बसिरहेका छन । तर गृह मन्त्री रामबहादुर थापाले उनीहरुलाई न त कुनै जिम्मेवारी दिन सकेका छन नत सुविधा दिएर विदाई नै गर्न सकेका छन । पूर्व सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले एक–एक करोड घुस लिंदै प्रदेशमा एआईजी तहको प्रदेश प्रमुख राख्ने निर्णय गर्दै नेपाल प्रहरीमा ६ जना र सशस्त्र प्रहरीमा ७ जनालाई एआईजीमा बढुवा गरेका थिए । तर पछि प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिव सहसचिव तहको राख्ने निर्णय भएपछि प्रदेश प्रमुखमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका एआईजीहरु हेडक्वाटर फर्काएका थिए । नेपाल प्रहरीमा बढुवा गरिइका ६ जना एआईजी ३० वर्ष सेवा अवधि पुरा भएर गत चैत्र २८ गते अनिवार्य अवकास भएर समस्या समाधान भएपनि सशस्त्र प्रहरी वलमा भने प्रदेश प्रमुखबाट एआईजीहरु जानकीराज भट्टराई, रामशरण पौडेल, सुवोधकुमार अधिकारी, निराकारम विक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ हेडक्वाटर तानिएका छन । यि एआईजीको भविष्य डामाडोल भएको छ । न जिम्मेवारी छ, नत सरकारले कुनै निर्णय गर्छ । वलमा सिनियर एआईजी पुष्पराम केसी र नारायणबाबु थापाले मात्र जिम्मेवारी पाएका छन । सशस्त्र प्रहरीमा दुई एआईजी मात्र राख्ने गरि ओ एण्ड एम सर्भेक्षण भएको छ । त्यसमा केसी र थापा फिट भएका छन । अन्य ५ जना एआईजी पेण्डुलमको भूमिकामा छन ।
अर्कोतिर वलमा डिआईजी नागेन्द्र सिंह, रविराज थापा क्षेत्री, र एआईजी बढुवा पछि ८ डिआईजी पद खाली छ । तर पद रिक्त भएको डेढ महिना वितिसक्दा पनि बढुवा पदपूर्ति हुन सकेको छैन । समयमा बढुवा प्रकृया अगाडि नबढाई पदोन्नतीको लाइनमा रहेका एसएसपीहरु असन्तुष्ट भएका छन । आईजीपी शैलेन्द्र खनालले समयमै बढुवा गर्लान भन्ने आशा गरेर बसेका एसएसपीहरु निरास भएका छन । यसैवीच वलमा चुस्त, वुट, उनी अण्डरवेयर, उनी गञ्जी, झुल, स्लिपिङ व्याग, टपवुट, स्नो स्लपिङ व्याग, स्नो पार्कर ज्याकेट, स्नो वुट, ऊलन सर्ट, ऊलन पाइन्टको,टेरिकटन सर्टको कपडा, जर्सी खरिदको टेण्डर स्वीकुत हुन नसक्दा वलमा यी सामानको अभाव भएको छ । उता वलमा २५ जना इन्स्पेक्टरको डिएसपीमा बढुवा भएको छ । १५ वर्ष पछि वल्ल इन्स्पेक्टरहरु डिएसपीमा बढुवा भएका छन ।
सशस्त्रका एआईजी पेण्डुलम
Posted By Admin On 01 Jun 2018. Under मुख्य समाचार
Comments are closed.













