काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंकका वरिष्ठ नायब महाप्रबन्धक महेश ढकाल र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख व्यापार अधिकृत प्रयास श्रेष्ठले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
सो सम्झौता अनुसार अब ग्राहकहरुले मेगा बैंकका देशभरिका शाखाबाट प्रभु लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । सो सम्झौताले जीवन बिमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने मेगा बैंकको विश्वास रहेको छ । 
मेगा बैंक र प्रभु लाइफ इन्स्योरेन्स बैंकास्योरेन्स सम्झौता
Posted By Admin On 08 Jun 2018. Under आर्थिक समाचार
Comments are closed.













