
काठमाडौं । एनआईसी एसिया बैंकले ग्राहकवर्गहरुको हितलाई ध्यानमा राखि सर्वाधिक उच्च व्याजदर सहितको मुद्दती निक्षेप योजना पुनः सञ्चालनमा ल्याएको छ । धनवर्षा मुद्दती निक्षेप योजना नाम रहेको उक्त मुद्दति निक्षेप योजनामा मासिक रुपमा व्याज भुक्तानीको सुविधा सहित वार्षिक १२ प्रतिशत व्याज प्रदान गरिने बैंकले जनाएको छ । यस योजना अन्तर्गत देशभर रहेका एनआईसी एसिया बैंकको कुनै पनि शाखाबाट जुनसुकै रकमको पनि मुद्दती निक्षेप खाता खोल्न सकिने छ । साथै एक बर्षको अवधिको लागि खोल्न सकिने यस मुद्दति योजनामा जम्मा गरिएको रकमको ८० प्रतिशतसम्म कर्जा सुबिधा समेत उपलब्ध गराउन सकिने छ । यस अघि पनि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च व्याजदर सहितको धन बर्षा मुद्दती निक्षेप योजना ग्राहकहरु माझ अत्यन्त लोकप्रिय भएको थियो । निजी क्षेत्रका बैंकहरुमध्ये ०७४ साल चैत्र मसान्तसम्मको बित्तिय विवरण बमोजिम सबैभन्दा बढी निक्षेप संकलन गर्न सफल तथा कर्जा प्रवाहको हिसावले निजी क्षेत्रको बैंकहरु मध्ये दोश्रो ठुलो बैंकको रुपमा स्थापित भैसकेको बैंकले धनवर्षा मुद्दती निक्षेप योजनाप्रति ग्राहकहरुकोे आकर्षण र लोकप्रियताबाट उत्साहित भएर पुनः यो योजना ल्याएको बैंकले जनाएको छ । यस पटक पनि यस योजनाबाट बढिभन्दा बढि व्यक्तिगत एवम् संस्थागत ग्राहकहरुले लाभ उठाउने विश्वास बैंकले लिएको छ ।
हालसम्ममा २१८ शाखा सहित निजी क्षेत्रको सबैभन्दा ठुलो शाखा सञ्जाल भएको तथा २१० एटिएम सहित मुलुककै सबै भन्दा ठुलो एटिएम सञ्जाल भएको बैंक बन्न सफल भैसकेकोे एनआईसी एशिया बैंक समग्रमा १४ वटा बिस्तारित काउण्टर, ९ वटा शाखारहित बैंकिङ्ग युनिट र कुल ५,५०० भन्दा बढि रेमिट्यान्स पेमेण्ट एजेण्ट (प्रत्यक्ष एबं अप्रत्यक्ष समेत गरि) सहित ५,९५१ भन्दा बढि भौतिक सञ्जाल मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने सबैभन्दा ठुलो बैंक हुनबाट समेत सफल भइसकेको छ ।
एनआईसी एशियाले ल्यायो निक्षेप योजना
Posted By Admin On 15 Jun 2018. Under आर्थिक समाचार
Comments are closed.













