काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी (टेलिकम) की प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्पष्टीकरण सोधेकोमा कामिनीको काम प्रति सन्तुष्टी व्यक्त गर्दै सफाइ दिई आगामी भदौसम्म काम गरेर देखाउने अवसर दिइएको छ । ग्रामिण दुरसञ्चार कोषको रकमबाट प्रदेश १, २ र ३ मा अप्टिकल फाइवर विछ्याउन नसकेको, फोरजी सेवा देशभर विस्तार गर्न नसकेको आरोप लगाई प्रधानमन्त्री ओलीले सञ्चार तथा सूचना प्रविधि मन्त्री मार्पmत स्पष्टीकरण लिएकोमा कामिनीले छिट्टै यो काम थालनी गर्ने स्पष्ट गरेर आगामी भदौसम्मको समय मागेको बुझिएको छ । महिला प्रवन्ध निर्देशकलाई हटाउन उपयुक्त नहुने दवाव परेपछि कामिनीलाई हटाउन प्रधानमन्त्री ओली र सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटा पछि हटेका छन ।
नेपाल टेलिकममा प्रविधिक अधिकृतका रुपमा ०४२ असोज १ मा नियुक्त हुनु भएकी कामिनीले भारतको चण्डीगढको पञ्जाव इञ्जिनियरिङ कलेजबाट सन १९८५ मा इलेक्ट्रोनिक्स र इलेक्ट्रिक कम्युनिकेशन इञ्जिनियरिङमा स्नातक तथा थाइल्याण्डको बैंककमा रहेको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सन २००१ मा स्नाकोत्तर उपाधी हासिल गर्नु भएको छ । विदेशमा रोजगारीको राम्रो अवसर प्राप्त हुँदाहुँदै देशमै रहेर सेवा गर्ने उत्कृष्ठ चाहानाले नेपाल फर्कि नेपाल टेलिकमको इञ्जिनियरबाट सेवा प्रवेश गरेको राजभण्डारी बताउनु हुन्छ । राजभण्डारीले नेपाल दुरसञ्चार संस्थानमा २१ वर्ष सेवा गर्नु भएको थियो । ०७३ कात्र्तिकमा टेलिकमको प्रवन्धकमा बढुवा हुनु भएकी कामिनीले ८ वर्ष प्रवन्धक पदमा रहेर विभिन्न शाखा प्रमुख हुनुभयो । ०७१ असारमा नायब प्रवन्धकमा बढुवा भएकी राजभण्डारीले ०७२ माघदेखि प्रमुख प्राविधिक अधिकृतको काम गर्नु भएको थियो । कामिनी प्रवन्ध निर्देशक भएपछि टेलिकममा धेरै सुधार भएको छ । ल्याण्डलाइन टेलिफोन सेवालाई पनि मोवाइल सेवा जस्तै पैसा नतिरे अग्रिम लाइन काटिने, लाइन काटिने सूचना पहिल्यै ग्राहकलाई दिने, मिसकल सेवा पुन सुचारु गर्ने, टेलिकमले इन्टरनेट, दुरसञ्चारमा विभिन्न सुविधा प्याकेज ल्याउने, सरकारलाई सबै भन्दा बढी कर, आयकर बुझाउने, मुनाफा दिने संस्थाका रुपमा नेपाल टेलिकमलाई स्थापित गर्नु भएको छ । नेपाल टेलिकममा सुगतरत्न कंसाकारको कार्यकालमा भएका जस्तै सुधार र परिवर्तन तथा क्षमता विस्तारका काम कामिनीको दुई वर्षे कार्यकाल भित्र भएका छन । बोल्दाबोल्दै मोवाइलको लाइन काटिने समस्या पुरै हटाउनु भएको छ । मोवाइल सेवामा सुधार आएको छ । ग्रामिण दुरसञ्चार कोषको रकमबाट अप्टिकल फाइवर विछ्याइए पछि इन्टरनेट स्पिड र फोरजी सेवा एवं मोवाइलको सम्पर्क छिटो स्थापित हुनेछ । कामिनीलाई हटाएर आफु प्रवन्ध निर्देशक हुन खोज्नेहरुको चलखेल हाललाई असफल भएको छ । चार वर्षे कार्यकालका लागि प्रवन्ध निर्देशक नियुक्त भएकी कामिनीले बाँकी रहेको कार्यकाल पुरै अवधी काम गर्न पाउने सम्भावना समेत बढेको छ । महिला प्रवन्ध निर्देशक भएकै कारण पुरुष प्रधान हाकिमहरुले कामिनीलाई असफल पार्न असहयोग गर्दै आएका थिए । अब प्रधानमन्त्री ओली र सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटा कामिनीको कार्य सम्पादन प्रति सकारात्मक भएकाले टेलिकममा छिट्टै व्यापक सुधारका लक्षणहरु देखिने भएको छ ।

Managing Director of Nepal Telecom, Kamini Rajbhandari shares how she has planned to enhance NT’s services and other existing legacies in the coming days, at Bhadrakali in Kathmandu, on Sunday, October 2. Photo: Balkrishna Thapa Chhetri/THT













