
काठमाडौं । माछापुच्छ«े बैंक लिमिटेडले गत आषाढ १२ गतेदेखि सञ्चालनमा आउने गरी आफ्नो वाराहीचोक स्थित लेकसाइड शाखालाई हल्लनचोकमा स्थानान्तरण गरेको छ । उक्तशाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष रोशन के. सी. ले गरेका थिए । उद्घाटन कार्यक्रममा बैंकका पूूर्व अध्यक्ष सूूर्यबहादुुर के. सी. र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले शाखाको सफलताको लागि शुुभकामना व्यक्त गरेका थिए । नयाँ सुविधा सम्पन्न भवनबाट बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बंैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत हल्लनचोकमा स्थानान्तरण गरेका बैंकले जनाइएकोे छ । बंैकले २०७४ साल चैत्र मसान्तसम्म रु ६८ अर्व निक्षेप परिचालन गरी रु. ६२ अर्व कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. ८१ करोड खुद मुनाफा गरेको छ ।
बैकले हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बंैकिङ्ग सेवा समेत गरी १०६ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर ९० वटा एटीएमहरु सञ्चालनमा रहेको छ । बैंकले दैनिक बंैकिङ्ग कारोव।र सञ्चालन गर्न प्रयोग गरेको बंैकिङ्ग सफ्टवेयर ग्लोबस बिश्वमानै उत्कृष्ट मानिन्छ र यसको माध्यमबाट ग्राहकहरुले अत्याधुनिक सेवा प्राप्त गर्दै आएका छन् ।
माछापुच्च्छे बैंकको लेकसाइड शाखा स्थानान्तरण
Posted By Admin On 29 Jun 2018. Under आर्थिक समाचार
Comments are closed.













