काठमाडौं । एनएमबि बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा
कर्मचारीहरुका लागि नेपालको आधुनिक क्यान्सर अस्पताल
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्स सेन्टरसँग बिभिन्न
सेवा तथा सुबिधाहरुमा छुट प्रदान गर्ने बिशेष सम्झौता
गरेको छ । उक्त सम्झौतामा एनएमबि बैंकका तर्पmबाट
सुदेश उपाध्याय र नेपाल क्यान्सर हस्पिटल का तर्फबाट
कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
यस अस्पतालमा अन्तराष्ट्रिय स्तरको प्रविधि, उपकरण तथा
अनुभवी डाक्टरहरुबाट बिभिन्न खाले क्यान्सर रोगहरुको
उपचार हुने गरेको छ ।
सो सम्झौता अनुसार एनएमवि भिषा डेविट तथा
एनएमवि क्रेडिट कार्ड को प्रयोग गरि अस्पतालमा
उपलब्ध क्यान्सर रोगको Screening Package, Radiology, Laboratory and Bed Charges
मा १० % (दश प्रतिशत) र Radiation Therapy and Brachytherapy
मा ७ % (सात प्रतिशत) सम्मको छुट
प्राप्त गर्न सक्नेछन् । एनएमवि बैंकले आफ्ना ग्राहकहरुलाई
लाभान्वित गराउन तथा केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले
लामो समय देखि यस्ता बिभिन्न खाले सम्झौताहरु गर्ने
गरेको बैंकले जनाएको छ । हाललाई यो सम्झौता एक
वर्षका लागि गरिएको छ ।
एनएमबि बैंक र क्यान्सर अस्पताल बीच सम्झौता
Posted By Admin On 06 Jul 2018. Under आर्थिक समाचार
Comments are closed.













