काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आगामी साउन–भदौ महिनामा ठूला मालदार सडक आयोजना, डिभिजनहरुमा आयोजना प्रमुख डिभिजन प्रमुख सरुवा गर्ने तयारी शुरु गरेपछि सधै मालदार र बढी बजेट भएका सडक आयोजना र डिभिजनमा बसेर कुस्त कमिशन लिदै आएका सिसिई र उत्तर–दक्षिण करिडोर मार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्ग, मदन भण्डारी चुरे लगायत राम्रो बजेट भएका १३ वटा डिभिजनको प्रमुख हुन सिडिई र सुईहरुले सचिव देवेन्द्र कार्की र महानिर्देशक रविन्द्र श्रेष्ठ मार्फत चलखेल शुरु गरेका छन् ।
एडिवी आयोजनामा जान मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयका सुई शिवहरि सापकोटा, हुलाकी राजमार्गमा रामहरि पोखरेल, बुटवल डिभिजनमा मेघराज मरासिनी, मध्यपहाडी पूर्र्वी खण्डमा जान अशोक तिवारी, पश्चिम खण्डमा जान श्याम खरेल, उत्तर–दक्षिण करिडोरमा जान कर्णबहादुर रानाभाट, मदन भण्डारी चुरे लोकमार्गमा जाने सूर्यबहादुर भाटहरुले चलखेल गरेका छन् । यो राजमार्ग झापाको शान्तिनगरबाट शुरु भएर डडेल्धुराको रुपालनमा टुंगिने करिव ११ सय किमी लामो राजमार्ग हो । सडक विभाग अन्तर्गतका ३४ वटा डिभिजन सडक कार्यालय छटाएर अहिले २६ वटामा झारिएको छ । मुलुक संघीयतामा गएको, संघीय सरकारले केन्द्रीय स्तरका रणनीतिक सडक र प्रदेश जोड्ने सडक तथा प्रमुख व्यापारिक मार्ग सडक मात्र हेर्ने भएकाले डिभिजन सडकको संख्या घटाइएको छ । प्रदेश सरकारले प्रदेश भित्रका सडकको निर्माण, मर्मत सम्भार गर्ने गरि सडक विभाग गठन गरि प्रदेश स्तरीय सडक डिभिजन र योजना कार्यालय स्थापना गर्नेछ भने नगरपालिका र गाउँपालिकाहरुले आफ्नो नगर र गाउँपालिका भित्रका सडकको निर्माण, मर्मत सम्भार गर्ने जिम्मेवारी पाएको छ ।
यसैबीच सडक विभागमा सेण्डिकेट खडा गरेर सडक विभाग अन्तर्गतका ठूला सडकहरुको ८४ अर्वको ठेक्का ठूला ७ वटा निर्माण कम्पनीलाई मात्र दिन मिल्ने गरि मापदण्ड बनाएर ठेक्का दिलाई भौतिक पूर्वाधार सचिव देवेन्द्र बहादुर कार्की, तात्कालिन महानिर्देशक गोपाल सिक्देल, एडिवी आयोजनाका प्रमुख सरोज प्रधानलाई अख्तियारले कुनै कारवाही नगर्नु र मन्त्री महासेठले संरक्षण गर्दै आउनु रहस्यको विषय बनेको सडक विभाग भित्र चर्चा हुने गरेको छ ।














