काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पानस रेमिट प्रा. लि.बिच युरोप लगायत अन्य मुलुकबाट नेपालमा बैंकिङ्ग प्रणाली मार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ । सो सम्झौता बमोजिम अब पानस रेमिट मार्फत युरोप, अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वी देशहरुबाट नेपालमा पठाएको विपे्रषण रकम नेपालमा रहेका आफन्तहरु तथा अन्य व्यक्तिहरुले सहज रुपमा सिटिजन्स बैंकको नेपालभर रहेको ७४ वटा शाखाहरुबाट सहजरुपमा भुक्तानी पाउन सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख सञ्चालन अधिकृत पारसकुमार काफ्ले तथा पानस रेमिटका प्रमुख कार्यकारी अधिकृत धर्मराज पौडेलले हस्ताक्षर गरेका छन । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास सिटिजन्स इन्टरनेसनल बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव ३ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । यसै साता बैंकले प्युठानको झिमरुक,पूर्व रुकुमको भूमे, हुम्लाको नाम्खा,र अछामको ढकारीमा शाखा सञ्चालन गर्ने योजना अगाडी सारेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टर,चाबहिल बिच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुख सञ्चालन अधिकृत पारसकुमार काफ्ले र अस्पतालका म्यानेजिङ्ग डाइरेक्टर सुरज बलाया श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । उक्त सम्झौता पश्चात बैंकका डेबिट÷क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउँने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वितहुने विश्वास सिटिजन्स बैंकले लिएको छ ।
सिटिजन्स बैंक र पानस रेमिटबिच रेमिटेन्स सम्झौता
Posted By Admin On 13 Jul 2018. Under आर्थिक समाचार
Comments are closed.













