
काठमाडौं । सरकारले सशस्त्र प्रहरी वलमा नयाँ संरचना निर्माण गरेको छ । प्रधान कार्यालय कार्य तथा सीमा सुरक्षा बिभाग, मानव स्रोत तथा प्रशासन बिभाग गरि दुई बिभाग मात्र रहने गरि सांगठानिक संरचना तयार गरेको छ । यो भन्दा अगाडि कार्य, मानव स्रोत, प्रशासन, सीमा सुरक्षा, राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान र महानगरीय सशस्त्र प्रहरी वल कार्यालयमा एआईजी प्रमुख रहने व्यवस्था गरिएकोमा अब २ दरबन्दी मात्र रहने व्यवस्था गरि गत ०७४ माघ १४ मा थपिएका ५ वटा र पुरानो प्रशासन, सीमा सुरक्षा बिभाग, प्रतिष्ठान र महानगरीय सशस्त्र प्रहरी कार्यालयको ४ गरि ९ वटा एआईजी दरबन्दी खारेज गरिएका छन । यो खारेजसंगै प्रदेश प्रमुखका लागि एआईजीमा बढुवा भएका जानकीराज भट्टराई, निराकारम विक्रम शाह, राजेश श्रेष्ठ, खडानन्द चौधरी, सुबोधकुमार अधिकारीले राजिनामा दिएका छन । उनीहरुले राजिनामा नदिए डिआईजीमा घटुवा गर्ने गृह सचिव प्रेमकुमार राई र गृह मन्त्री रामबहादुर थापा बादलको चेतावनी पछि राजिनामा दिएका थिए । अघिल्लै साता उनीहरुको राजिनामा स्वीकृत भैसकेको छ । अहिले सशस्त्र प्रहरीमा ३ जना एआईजीमा कार्यरत छन । पुष्पराम केसी, नारायणबाबु थापा र रामशरण पौडेल । यी तीन एआईजीको अनिवार्य अवकास पछि २ वटा मात्र एआईजी दरबन्दी कायम हुने भएको छ ।
यसैवीच सशस्त्र प्रहरीमा ७ वटै प्रदेशमा वाहिनी स्थापना हुने भएका छन । सीमा सुरक्षा कार्यालय गणमा परिणत हुने र वोर्डर पोष्ट अस्थायी कार्यालयका रुपमा रहने भएका छन । सशस्त्र प्रहरी वलका २८ गण २५ जिल्लाहरुमा सीमा सुरक्षा कार्यालय रहँदै आएका थिए । प्रत्येक प्रदेशमा सशस्त्र प्रहरी जवान तालिम केन्द्र, बाँके नौवीता, बर्दघाट पश्चिम नवलपरासीमा जुनियर प्रहरी अधिकृत तालिम केन्द्र, ककनीमा शान्ति सेना तालिम केन्द्र, कुरिनटार चितवनमा विपत व्यवस्थापन तालिम केन्द्र, पोखरामा युक्ति महाविद्यालय तालिम केन्द्र रहने र मातातिर्थमा सशस्त्र प्रहरी वल राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान रहने भएका छन । यसैवीच डिआईजीको बढुवा नयाँ कार्य सम्पादन मूल्याँकन अनुसार साउन अन्तिममा हुने भएको छ ।
सशस्त्रको नयाँ संरचना
Posted By Admin On 13 Jul 2018. Under मुख्य समाचार
Comments are closed.













