काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड नवौँ बर्षमा प्रवेश गरेको छ । आठौँ बर्ष पूरा गरी नवौँ बर्षमा प्रवेश गरेको अवसरमा गत सोमबार काठमाडौंमा आयोजित बार्षिकोत्सव कार्यक्रममा अध्यक्ष भोजबहादुर शाहले चुक्तापुँजीका रुपमा देशकै दोस्रो ठूलो बैंकको रुपमा स्थापित हुन सक्नु मेगा बैंकको सफलता भएको बताए । चुक्ता पुँजी, व्यावसायको आकार, कर्मचारी संख्या र नेटवर्कका हिसाबले पनि मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएकाले चालु आर्थिक बर्ष २०७५÷७६ देखि मेगा बैंकको मुनाफामा निकै बृद्धि हुने उद्घोष गरे । मेगा बैंकले आर्थिक बर्ष २०६९÷७० देखि नै निरन्तर राम्रो प्रतिफल दिइरहेको बताउँदै अध्यक्ष शाहले ‘हामीले भर्खरै मात्र टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर सकेका छौँ । मर्जरपछि साधारणसभा मार्फत नयाँ सञ्चालक समिति पनि आएको छ । अध्यक्ष शाहले आगामी चार बर्षभित्र बैंकको आफ्नै कर्पोरेट भवन बनाउने जानकारी पनि दिए । यसैगरी, संघीय संचरना अनुसार हरेक प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गरी मेगा बैंकको सञ्जाललाई व्यापक बनाइने बताए ‘हामी छोटो समयमै नेपालको एउटा ठूलो बैंक बन्न सफल भएका छौँ, अब संघीयताको कार्यान्वयनसँगै नयाँ–नयाँ आर्थिक सम्भावना र चुनौतीहरु पनि हाम्रो माझमा देखिएका छन् ।,’ उहाँले भन्नुभयो, ‘विज्ञहरुसँगको परामर्शमा हामीले पाँच बर्षीय रणनीतिक योजना बनाएर कार्यान्वयनमा ल्याइसकेका छौँ । आर्थिक सम्भावनाका नयाँ क्षेत्रहरु पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा बैंकको मुख्य व्यवसायलाई केन्द्रीत गर्छौँ ।’ मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले छोटो समयमै मेगा बैंक नेपालको बैंकिङ क्षेत्रमा उत्कृष्ट ब्राण्डका रुपमा स्थापित भएको बताए । बितेको आठ बर्षमा मेगा बैंकलाई एउटा सफल वित्तीय संस्थाका रुपमा स्थापित ग¥यौँ । टुरिजमसँगको मर्जरपछि झन् मेगा बैंक चुक्ता पुँजीका आधारमा नेपालकै दोस्रो ठूलो बैंक बन्न सफल भएको छ । प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले ‘ग्राहकहरुको चाहना अनुसार लोकप्रिय र नवीनतम सुविधाहरु सँधै हाम्रो प्राथमिकतामा छन् । अनलाइन ट्रेड सर्भिस, फास्ट ट्रयाक ग्यारेन्टी इसुऐन्स, अनलाइन खाता खोल्ने जस्ता सेवालाई ग्राहकले अत्याधुनिक मनपराइ दिनुभएको छ । शेयरधनी र ग्राहकवर्गलाई हामीले हरेक महिना ‘मेगा मन्त्र’ नामक न्यूज लेटर पठाएर हाम्रा सेवाबारे अवगत पनि गराउँदै आएका छौँ । बार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले तीन वटा आकर्षक कर्जा योजनाहरु पनि सार्वजनिक गर्नुभयो । साना तथा मझौला व्यावसायको प्रबर्धनका लागि ‘मेगा साना तथा मझौला कर्जा’, आवास तथा गाडी लिन चाहने मध्यमवर्गीय नेपालीका लागि ‘मेगा घर तथा गाडी कर्जा’ र विभिन्न पेशा व्यावसायमा संलग्नहरुलाई बिना धितो ऋण प्रदान गर्ने गरी ‘मेगा प्रोफेशनल लोन’ योजना सार्वजनिक गरिएको छ । यी तीन वटै कर्जा योजनाहरु ग्राहकले मेगा बैंकको जुनसुकै शाखाबाट प्रक्रिया सुरु गरेको २४ घण्टाभित्रै निर्णय गरिने र ७ दिनभित्र कर्जा प्रवाह गरिने सिइओ खुञ्जेलीले बताए

????????????????????????????????????













