काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो बैंकिङ्ग पहुच थप जनता माझ पु¥याउने उद्देश्य सहित विभिन्न स्थानहरुमा आफ्नो शाखा कार्यालयहरु विस्तार गर्दै जाने क्रममा चितवनको टांडी, महोत्तरीको बर्दिबास र धनुषाको बिरेन्द्रबजारमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयहरुको उद्घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेका थिए । समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, स्थानिय जनप्रतीनिधिहरु, स्थानिय व्यवसायीहरु तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीको पनि उपस्थिती थियो । नयां शाखा कार्यालयहरु मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगाएतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध गराउने छ । बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८३ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ भने बैंकको गत आषाढ मसान्तमा कुल निक्षेप रु. ६१ अरब ३२ करोड तथा कुल कर्जा रु. ५५ अरब पुगेको छ । 
सेञ्चुरी कमर्सियल बैंकको थप ३ नयां शाखा
Posted By Admin On 03 Aug 2018. Under आर्थिक समाचार
Comments are closed.













