काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन विना कुनै काम नगर्ने गृह मन्त्री रामबहादुर थापा (वादल) का कारण अहिले गृह प्रशासन सुस्त बनेको छ । गृह मन्त्रीले चार महिना विचमा दुई पटक सिडियो र सहसचिव सरुवा गरिसके । प्रहरीमा डिएसपी, एसपी र डिआईजी बढुवा र सरुवा गरे तर अझै नेपाल प्रहरीमा रिक्त दुई एआईजीको बढुवा प्रकृया अगाडि बढाएका छैनन । पहिला आफु अनुकुलका सिनियर डिआई नहुँदा ५ जना डिआईजी एआईजीमा बढुवा नहुँदा डिआईजीको ५ वर्षे अवधी पुरा भएर अनिवार्य अवकास भए । उनीहरु अवकास भएको तीन साता भैसक्दा पनि रिक्त एआईजीमा बढुवा गर्न प्रस्ताव अघि सार्न सकेका छैनन । नेपाल प्रहरी र सशस्त्र प्रहरी वलमा आईजीपी रिक्त हुनु भन्दा एक दिन अगावै नयाँ आईजीपी वरिष्ठताका आधारमा नियुक्ति गर्न सिफारिस गर्ने गृह मन्त्री थापा निर्णय नगरि बसेका छन । प्रहरीमा १५ एआईजीको दरवन्दी घटाएर २ मा सिमित गर्ने निर्णय भएपनि त्यो दुई एआईजी पदमा समेत बढुवा गर्ने प्रकृया अगाडि नबढाउँदा गृह मन्त्री थापाको कार्य क्षमता प्रति प्रश्न उठन थालेको छ । समयमा काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने निर्णय गरे तर आफ्नै अध्यक्ष प्रचण्ड बस्ने घरका ठेकेदार कारवाही पर्ने भएपछि प्रचण्डकै निर्देशनमा कारवाही नगर्ने भन्दै क्रान्तिकारी दुई कदम पछाडि सर्ने काम गरे । विदेशी एनजिओ आईएनजिओलाई कारवाही गर्ने निर्णय गरि जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखे तर प्रधानमन्त्री केपी शर्मा ओलीको दवाव आएपछि अब कारवाही नगर्नु भन्दै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाए । साँढे ३३ किलो सुन प्रकरणमा व्यापारी, पूर्व र वहालवाला सुरक्षाकर्मीलाई कारवाही गरि मुद्दा चलाएर ठुलालाई संरक्षण दिने कर्मचारी, सुरक्षाकर्मी, नेतालाई कारवाही नगरि सहसचिव इश्वरराज पौडेल नेतृत्वको छानविन समितिलाई विघटन गराए । नेकपाका अध्यक्ष प्रचण्डले दम नदिएसम्म आफ्नो बुद्धि विवेक, क्षमताले केहि गर्न नसक्ने गृह मन्त्री थापाका कारण अहिले प्रहरी संगठन भित्र एआईजी विहिनको अवस्था छ । आईजीपी सर्वेन्द्र खनालले जुनियर डिआईजी मार्पmत कार्य र मानव स्रोत बिभाग सञ्चालन गर्नु परेको स्थिति छ । प्रहरकिो एआईजी कसलाई बनाउने भन्ने निर्णय नेकपा अध्यक्ष प्रचण्डबाट निर्देशन नहुँदा गृह मन्त्री थापा अन्यौलमा परेका छन । यसैवीच गृह मन्त्रालयको मर्मत र रंगरोगन गर्ने ठेकेदारले असार मसान्त भित्र गर्नु पर्ने ठेक्का अभैm सम्पन्न गरेका छैनन । 
गृह मन्त्रीको गतिहिनता
Posted By Admin On 03 Aug 2018. Under मुख्य समाचार
Comments are closed.













