
काठमाडौं । भित्रभित्रै सशस्त्र जनयुद्धको तयारी गरिरहेको सूचनाका आधारमा गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द क.विप्लव नेतृत्वको नेकपाका केन्द्रीय, क्षेत्रीय र जिल्ला स्तरीय नेताहरुलाई धेराबन्दी गर्दै पक्राउ गर्न थालेको छ । गत साउन दोस्रो साता प्रदेश ५ को अर्घाखाँची–प्यूठान जिल्लाको सीमा क्षेत्रमा केन्द्रीय बैठक आयोजना गरेका थिए तर सरकारी सुरक्षा निकायहरुले त्यसको समयमै सूचना पाएकाले चारैतिरबाट घेराबन्दीमा पारी केन्द्रीय बैठक हुँदाहुँदै नेकपाका नेताहरु भागाभाग थिए । सो बैठकमा सहभागी भएर उम्किएर आएका तीन जना केन्द्रीय नेताहरुलाई नेपाल प्रहरीको विशेष ब्यूरोले थानकोटको नागढुंगाबाट चेकजाँच गरि पक्राउ गरेर काभ्रेमा चरम यातना दिएर सोधपुछ गरि मुद्दा चलाएको छ ।
नेकपा विप्लव समुहका नेताहरुलाई गृहमन्त्री थापाले पक्राउ गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई निर्देशन दिएका छन् । त्यसैले अहिले नेकपामा केन्द्रीय नेताहरुलाई सरकारले पक्राउ गरि यातना दिन थालेको छ । केन्द्रीय नेताहरुलाई पक्राउ गरेर गृह मन्त्री थापाले महासचिव विप्लवलाई पनि पक्राउ गर्न सक्ने चेतावनी दिएको छ । जनसरकार जनअदालत गठन गरि वैद्य सरकारको अभ्यास गर्दै आएको नेकपाले पार्टी गठन भएको ४ वर्ष पुरा भई ५ वर्ष लागेको अवसर पारेर ०७५ मंसिर २१ सशस्त्र क्रान्ति गर्ने तयारी गरि सैन्य तालिम दिदै आएको सुरक्षा नियकाहरुले गृह मन्त्री थापालाई रिपोर्टिङ गर्दै आएको छन् । विप्लवलाई एकीकृत क्रान्ति गर्न नदिन र नेतृत्वलाई त्यस अगावै पक्राउ गरेर प्रस्तावित सशस्त्र क्रान्तिलाई असफल पार्ने गृह मन्त्री थापाले रणनीति बनाएका छन् । थापा नेकपा–माओवादीको महासचिव रहँदा ०७१ मंसिर २१ मा विप्लवले पार्टी विभाजन गरि नेकपा माओवादी गठन गरेका थिए । ०७३ फागुनमा काठमाडौंमा उद्घाटन र रोल्पाको थवाङमा बन्द सत्र गरि आठौं महाधिवेशन गरि पार्टीको नाम नेकपा राखेका थिए । विप्लव सो पार्टीका महासचिवमा निर्वाचित भएका थिए । नेकपामा अहिले विप्लव, सुदर्शन, प्रकाण्ड र धर्मेन्द्र वास्तोला चार जना स्थायी समिति सदस्य छन् । असारे काका सल्लाहकार समितिको अध्यक्ष, पदम राई सन्तोष बुढा, भारत बम, चिरन पुन, ओमप्रकाश पुन, चित्रबहादुर आले, उमा भुजेल, अनिल शर्मा विरही जस्ता नेताहरु पोलिटब्यूरो सदस्य रहेका छन् । सरकारले पक्राउ गरेका नेताहरु निशर्त रिहाई नगरे प्रतिरोध गर्ने चेतावनी महासचिव विप्लवले दिएका छन् । नेकपाका नेताहरु सरकारी धेराबन्दी र निगरानीमा परेपछि नेताहरु भागाभाग भएका छन् ।
विप्लव धेराबन्दीमा
Posted By Admin On 10 Aug 2018. Under मुख्य समाचार
Comments are closed.













