काठमाडौं । एन.आई.सी. एशिया बैंक र जनरल
ईन्स्योरेन्स बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्वन्धी
सम्झौता भएको छ । बैक र इन्स्योरेन्स बीच गत आईतवार
आयोजित एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा
हस्ताक्षर भएको थियो । एन.आई.सी. एशिया बैकका
का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र
इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्झौता
सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।
उक्त सहमतिसंगै बैककाग्राहकले जनरल ईन्स्योरेन्सले
प्रदान गर्ने निर्जीवनबीमा सेवा सम्वन्धी सुविधा बैकका सबै
शाखाबाट लिन सक्ने जनाईएको छ । हाल बैकको देशभर २
सय ३३ शाखा, २ सय २१ एटीएम काउण्टर, १४ एक्सटेन्शन
काउण्टर तथा १५ शाखारहित बैकिङ एकाई मार्फत वित्तीय
सेवा दिँदै आएको छ ।
एन.आई. सी.एशिया र जनरल इन्स्योरेन्स कम्पनी बीच बैंसुरेन्स सम्झौता
Posted By Admin On 17 Aug 2018. Under आर्थिक समाचार
Comments are closed.













