काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिट्ड र ग्रीन
सिटी अस्पताल बीच गत श्रावण २८ गते अस्पतालले प्रदान
गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी
सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ग्लोबल आइएमई
बैंकले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय
उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता
गरेको थियो ।
उक्त सम्भौतापत्रमा ग्रीन सिटी अस्पतालका सिनियर
हस्पिटल म्यानेजर मनिष दवाडी र ग्लोबल आइएमई बैंकका
कार्ड वितरण तथा प्रबर्दन विभाग प्रमुख रविन्द्र ढकालले
हस्ताक्षर गरेका थिए । ग्लोबल आइएमई बैंकले आफ्ना
ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान
गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय
गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।
उक्त सम्झौता पश्चात ग्रीन सिटी अस्पतालमा उपचार
गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज
कार्ड लिएका बैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका
कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा २०
प्रतिशत सम्म छुट पाउने छन् । ग्लोबल आइएमई बैंकले सबै
क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३१
शाखा, १३४ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व
संकलन काउण्टर, १०० शाखा रहित बैंकिङ्ग सेवा र देश
बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख
भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त भाईबर बैंकिङ्ग
सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको
साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक
कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई
सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया,
दक्षिण कोरिया, कतार, युएई, बहराइन अष्टे«लिया, बेलायत
र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान
गर्दै आइरहेको छ ।
ग्लोबल आइएमई र ग्रीन सिटी अस्पताल बीच सम्झौता
Posted By Admin On 17 Aug 2018. Under आर्थिक समाचार
Comments are closed.













