
काठमाडौं । सशस्त्र प्रहरी वलमा रिक्त ५ डिआईजी पदमा बढुवा गर्न गृह मन्त्री रामबहादुर थापा बादल पुत्र प्रतिक थापाले गहिरो चासो राखि चलखेल थालेको वरिष्ठ एसएसपीहरुले बताउन थालेका छन । वलमा पैसा,राजनीतिक भनसुन र आस्थाका आधारमा बढुवा गरेर क्षमता, दक्षता, अनुभव र वरिष्ठताको मापदण्डलाई मिच्ने चलखेल भैरहेको छ । डिआईजी बढुवामा वरिष्ठताको आधारमा कृष्णभक्त ब्रम्हाचार्य, राजु अर्याल, गोपाल मिश्र, नारायण दत्त पौडेल, प्रजाभक्त श्रेष्ठ बढुवा हुने अग्रिम पाँच सूचीमा रहेपनि अहिले सशस्त्र प्रहरी वलमा सञ्जय विक्रम राणा, भरत श्रेष्ठ, रामप्रकाश श्रेष्ठ, चन्द्रप्रसाद गौतम, हरिशंकर बुढाथोकी, गोविन्द क्षेत्री पनि डिआईजी बढुवा हुन चलखेलमा लागेका छन । ककनी तालिम केन्द्रमा रहँदा रासन काण्ड लागेका नारायण दत्त पौडेल, प्राविधिक प्रजाभक्त श्रेष्ठ, शैक्षिक योग्यता नपुग्ने, सञ्जय विक्रम राणा, मापदण्ड नपुगेको, भरत श्रेष्ठ, शमशेरगञ्ज गणको प्रमुख हुँदा ०६३ सालमा सिपाहीको रासन र सुविधामा शोषण गर्दा सिपाही विद्रोह काण्ड लागेका हरिशंकर बुढाथोकी, पर्वत चण्डीका गणमा ०७४ मा जवान विद्रोह गराउन भूमिका खेलेका गोविन्द क्षेत्री पनि डिआईजी बढुवा हुन चलखेल गरिरहेको छ । ब्रम्हाचार्य ०६४ सालमै एसएसपी भएपनि अभैm डिआईजीमा बढुवा भएका छैनन । उनी भन्दा पछि एसएसपीमा बढुवा भएका कविन्द्रमान श्रेष्ठ कांग्रेस सभापति सुशिल कोइरालाको दवावमा र नरेन्द्र थापा कोषराज वन्त आईजीपी हुँदा उनको कृपाबाट डिआईजी भएका थिए । तर ब्रम्हाचार्य योग्यता,क्षमता, दक्षता र वरिष्ठता हुँदाहुँदै पछि पारिएको थियो । ब्रम्हाचार्य बागभैरव गुल्मका पहिलो गुल्मपति, कालिका गण पोखराको गणपति भैसकेका छन ।
सशस्त्रको बढुवामा मन्त्री पुत्रको चासो
Posted By Admin On 18 Aug 2018. Under मुख्य समाचार
Comments are closed.













