
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीमा रिक्त रहेको तीन एआईजी पदमा आगामी भदौ तेस्रो सातासम्म बढुवा गर्ने योजना बनाएको छ । आर्थिक वर्ष ०७४÷७५ को कार्य सम्पादन मूल्यांकन भदौ दोस्रो सातासम्म पुरा हुने र भदौ तेस्रो साता सोही कार्य सम्पादन मूल्यांकन अनुसार बढुवा गरिने योजना गृह मन्त्रालयको रहेको छ । एआईजी बढुवामा आईजीपीले कामसु मूल्यांकन गरि नम्वर दिने प्रहरी ऐनमा व्यवस्था छ । त्यसपछि गृह सचिवले पनि १० नम्वर दिन सक्ने व्यवस्था छ । गृह मन्त्री गृह सचिव र आईजीपीको चाहना अनुसार आईजीपीहरुले कामसु नम्वर प्राप्त गर्ने गर्दछन । त्यसैले गर्दा आईजीपी सर्वेन्द्र खनाल आफ्ना प्रतिस्पर्धी डिआईजी पुष्कर कार्की र मनोज न्यौपानेको कामसु नम्वर कम दिने पक्षमा रहेको प्रहरी उच्च पदस्थ कर्मचारी वीच व्यापक चर्चा छ ।
सरकारले प्रहरीमा कार्य र अपराध अनुसन्धान बिभाग, मानवस्रोत र प्रशासन बिभाग राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा गरि तीन जना एआईजी रहने गरि एआईजी दरबन्दी स्वीकृत गरेकाले अहिले त्यो तीन पदमा डिआईजीहरु पुष्कर कार्की, मनोज न्यौपाने, ठुले राई, सुरेश विक्रम शाह मुख्य प्रतिस्पर्धी रहेका छन । यी नै ५ जना डिआईजीहरु मध्येबाट नेपाल प्रहरीमा एआईजीमा बढुवा हुने गृह मन्त्रालय स्रोतले बताएको छ । एआईजी बढुवा गर्न गृह सचिवको संयोजकत्वका आईजीपी खनाल र गृह मन्त्रालयका सहसचिव रामकृष्ण सुवेदी सदस्य रहन्छन ।
एआईजीमा सातको दावी
Posted By Admin On 18 Aug 2018. Under मुख्य समाचार
Comments are closed.













